नेपालगन्जमा आजबाट शुरू भयो नेपालगन्ज महोत्सव
प्रकाशित मिति : २०७५, २६ पुष बिहीबार १९:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२६ पुस ।नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ आजबाट नेपालगन्जमा शुरू भएको छ । एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रांगणमा बिहिबार शुरु भएको महोत्सवको कृषि भुमि तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधीले उदघाटन गरिन।
Advertisement
उदघाटन अघि नेपालगन्जको धम्वोजी बाट निकालिएको रयालीमा सय भन्दा वढी संघ संस्थाकोहरु सहभागिता रहेको थियो। रयालीमा विभिन्न जातजातीको पहिचान दिने पोषाक सहित सहभागि भएका थिए।
प्रचारप्रसार समितिका संयोजक सुनिल रेग्मीका अनुसार महोत्सवमा शुक्रवार चन्द्र शर्मा, सम्झना लामिछानेले प्रस्तुती दिएका छन् ।
महोत्सवमा खुल्ला नृत्य तर्फ सहभागी ६० जना भन्दा वढीको अडिसन शुरु गरिदैँ छ । नृत्य तर्फ प्रथम हुनेले नगद पचास हजार सहित म्युजिक भिडियोमा समेत अवसर दिईने छ भने दोस्रोले ३० तेस्रो २० हजार पुस्कार पाउने छन् ।
महोत्सवमा नेपाली गित संगित, कला सांस्कृतिक, भाषा पर्यटन, आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडी बढाई देशमा रहेका वेरोजगार युवाहरुलाई रोजगार दिने मुल उद्देश्यकका साथ कृषि व्यवसायहरु संचालन गर्ने साथमा अव्यवस्थित रुपमा रहेका उत्पादनशिल जग्गा जमिनलाई उपयोगमा ल्याई अर्गानिक कृषि बस्तु उत्पादन गरिने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक टिमका संयोजक नन्द बहादुर बुढाले जानकारी दिए।
महोत्सवमा राष्ट्रिय कलाकार, विराज भट्ट, निखिल उप्रेती, ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्रि परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अन्जली अधिकारी सुमन गिरी लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजक टिमले जानकारी गराएको छ ।
महोत्सव टिमका संयोजक बुढाले दुई किसिमको टिकट दर रेट रहेको जानकारी गराउँदै महोत्सवमा ५० रुपैया र विद्यार्थीका लागि ४० रुपैया टिकट दररेट राखिएको जनाए। महोत्सवमा १ सय ५० भन्दा बढि स्टलको छ । महोत्सव अवधिभर १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।