नेपालगञ्जका वडा अध्यक्षहरुलाई खोप सम्वन्धि तालिम
प्रकाशित मिति : २०७५, २७ पुष शुक्रबार १२:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज,२७ पुस। नेपालगञ्ज उपमहानगरपालिकालाई खोपयुक्त नगर घोषणाका लागि वडा अध्यक्षहरुलाई खोप सम्वन्धि जानकारी प्रदान गरिएको छ ।
Advertisement
नेपालगञ्जमा आज आयोजित खोप सम्बन्धि गोष्ठीमा नगरलाई पूर्ण खोप घोषणाका लागि गर्नुपर्ने कामहरुका बारेमा छलफल गरिएको थियो । उपमहानगरपालिकाका खोप फोकल पर्सन हरिहर तिवारीले पूर्ण खोपयुक्त वडा घोषणा भइसकेका वडाहरुमा समेत दिगोपनाका लागि कार्यक्रम गरिने र बाँकि वडाहरुलाई पूर्ण खोपयुक्त वडा घोषणाका लागि तयारी भइरहेको बताउनुभयो ।
उहाँका अनुसार नगरका २३ वडा मध्ये १६ वडा पूर्ण खोपयुक्त वडा घोषणा भइसकेका छन् । पूर्ण खोपयुक्त नगर घोषणाको तयारीका लागि नगर कार्यपालिका सदस्य तथा नगरका सबै स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिसकिएको उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत गणेश कार्कीले जानकारी दिनुभयो ।
गोष्ठीमा नगर प्रमुख डा. धवल शमशेर राणाले नगरलाई पूर्ण खोप घोषणाका लागि सबैलाई खोपको विषयमा सबैलाई जानकारी प्रदान गर्नुपर्ने र खोपको विषयलाई सबैले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख उमा थापा मगर, वडा अध्यक्षहरु, स्वास्थ्य केन्द्रका प्रमुख स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।