नेपालगन्ज महोत्सवमा दर्शकको ओईरो, एकै दिन २० हजारले हेरे महोत्सव
प्रकाशित मिति : २०७५, २८ पुष शनिबार २३:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२८ पुस।नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ मा दर्शकको ओइरो लागेको छ । आयोजकले दर्शकको वाक्लो उपस्थिती भएपछि ब्यवस्थापन झनै वलियो वनाउदैँ लगेको छ ।
Advertisement
बाँके वर्दिया सुर्खेतबाट दर्शकको ओईरो लागेपछि आयोजकले महोत्सवमा स्वयमसेवक सुरक्षा गार्ड थप गरेको छ । अहिले महोत्सवमा स्थानिय कृषि र कलाकार लाइ जोड दिएको छ । मेलाको चौँथो दिन आइतबार गायिका रेस्मा पुन ,चर्चित गायक एस कुमार, हास्यकलाकार झक्कड थापा लगाएत नृत्य प्रतियिगिता लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने प्रचार प्रसार संयोजक सुनिल रेग्मीले जानकारी दिए ।
एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रगणमा शुरु भएको महोत्सवमा शनिवार गायिका तथा मोडल सरस्वती लामा सुरज थापा र सुमन गिरीले आफ्नो प्रस्तुती दिने रेग्मीले जानकारी दिए।
महोत्सवमा खुल्ला नृत्य तर्फ सहभागी भएकाहरुको शुक्रवारवाट अडिसन शुरु भएको छ । नृत्य तर्फ प्रथम हुनेले नगद पचास हजार सहित म्युजिक भिडियोमा समेत अवसर दिईनेछ भने दोस्रोले ३० तेस्रो २० हजार पुरस्कार पाउने छन् ।
महोत्सवमा राष्ट्रिय कलाकार, विराज भट्ट, निखिल उप्रेती, ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्रि परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अन्जली अधिकारी सुमन गिरी लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजक टिमले जानकारी गराएको छ ।
महोत्सव टिमका संयोजक बुढाले दुई किसिमको टिकट दर रेट रहेको जानकारी गराउँदै महोत्सवमा ५० रुपैया र विद्यार्थीका लागि ४० रुपैया टिकट दररेट राखिएको छ । महोत्सवमा १ सय ५० भन्दा बढि स्टलको छ । महोत्सव अवधिभर १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।