नेपालगन्ज मेडिकल कलेजमा न्युरो सर्जरी सेवा आधुनिकरण बन्दै
प्रकाशित मिति : २०७५, २९ पुष आईतवार २२:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २९ पुस । नेपालगन्ज मेडिकल कलेजमा न्युरो सर्जरी सेवा आधुनिकरण बन्दै गएको छ । उक्त सेवालाई अझ थप विस्तार गर्ने कलेजको तयारी छ । कलेजले विगत ५ वर्षदेखी पश्चिम क्षेत्रका करिव २४ जिल्लाका बिरामीलाई उक्त सेवा प्रदान गर्दै आएको छ ।
Advertisement
दक्ष जनशक्ति तथा आधुनिक उपकरणको अभावका बाबजुद पनि न्युरोका बिरामीको नेपालगन्जमै शल्यक्रिया गरेर सेवा दिइरहेको कलेजले जनाएको छ । न्युरो सर्जरी सेवाबारे नेपालगन्जमा आयोजित कार्यक्रममा मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका न्युरो सर्जरी विभाग प्रमुख डा। सञ्जिवकुमार झाले पश्चिम क्षेत्रको नेपालगन्जमा न्युरो सर्जरी सेवा दिदाँ बिरामीले उपचारमा धेरै राहत पाईरहेको बताए ।
डा. झाँ सम्मान लिदै
उनले अगाडी भने, ‘नेपालगन्ज लगायत यसक्षेत्रका न्युरोका बिरामी यसअघि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता थियो, विगत पाँच वर्षदेखी बिरामीले आफ्नै क्षेत्रमा उपचार सेवा पाईरहनु भएको छ ।’ भविष्यमा अझै विस्तारित रुपमा सेवा पुर्याउने आफुहरुको लक्ष्य रहेको डा. झाले सुनाए ।
उनका अनुसार विगत पाँच वर्षको अवधिमा शिक्षण अस्पताल कोहलपुरमा करिव ४ सय जना युरो सम्बन्धी बिरामीको शल्यक्रिया गरिएको छ । अस्पतालको ओपिडी कक्षमा दैनिक रुपमा २० देखी ३० जना बिरामीले चेकजाँच गराउँछन् । यसका साथै आकस्मिक कक्षमा भर्ना हुने विभिन्न घटना र दुर्घटनाका घाईतेको पनि उपचार गर्ने गरेको न्युरो सर्जन झाले बताए ।
मेडिकल कलेजले न्युरो सर्जरी विभागको सेवा विस्तार गर्ने क्रममै ६ महिना अघि अत्याधुनिक प्रविधीको सिटी स्क्यान र एमआरआई मेसिन जडान गरिसकेको छ । अझै आवश्यक उपकरण जडान गर्ने तयारीमा रहेको नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक डा.सुरेशकुमार कनोडियाले बताएका छन् ।
कनोडियाले भने, ‘नेपालकै राम्रो मध्येको सिटी स्क्यान र एमआरआई मेसिन जडान गरिसकेका छौं, अझैपनि आवश्यक मेसिन जडान र दक्ष जनशक्ति उत्पादन गरेर सेवालाई विस्तार गर्नेछौं ।’
न्युरो सर्जरी विभाग स्थापना नहुँदासम्म अस्पताले बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता भएपनि अहिले त्यो समस्या लगभग अन्त्य भएको डा.कनोडियाको दाबी छ । अस्पतालमा न्युरो सर्जरी सेवा विस्तार भएपछि नयाँ जनशक्ति उत्पादनका लागि मार्ग बनेको कलेजले जनाएको छ । अस्पतालमा न्युरो सर्जरी सेवा विस्तारले भविष्यमा न्युरो सर्जरी चिकित्सा विषय पढेर बिरामीको सेवा गर्न दृढ रहेको उक्त विभागका मेडिकल अफिसरहरुले बताए ।
अहिले नेपालगन्जमा पनि डा. नरेन्द्र बास्कोटाले न्युरो सम्बन्धी बिरामीहरुको उपचार गर्दै आएका छन्।न्युरो सम्बन्धी समस्या भएका बिरामीले नेपालगन्जमै विशेषज्ञ उपचार सेवा पाउनु गर्वको कुरा भएको डा.बास्कोटाले बताए । आफुले सिकेको बिषयमा पश्चिम बिरामीको उपचार गर्न पाउदा आफु खुसी रहेको डा. बास्कोटाले सुनाए ।