पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक बढ्यो
प्रकाशित मिति : २०७५, ३० पुष सोमबार १५:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाइल फोटो
नेपालगन्ज,३० पुस। भोली माघ १ गते अर्थात माघी पर्ब। पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक छाएको छ । विगतको समीक्षा र आगामी वर्षको योजना गर्दै मनाइने माघी पर्व सुरु भएसँगै बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका थारु गाउँ संगीतमय भएका छन् ।
Advertisement
थारु गाउँहरुमा मादलको धुनसँगै सखिएको मधुर स्वर गुञ्जीरहेका छन् भने आफ्नो भेषभूषामा सजिएका थारु युवायुवतीहरु नाचगानमा व्यस्त छन् । माघी मनाउन आवश्यक सामग्रीको जोरजाम गरिसकेका राप्तसोनारी गाउँपालिका ६ का वडाअध्यक्ष जनक थारुले बताउनुभयो।
गाउँलाई रेखदेख गर्ने, चौकिदार, कपाल काट्ने नाउ, गाउँका अगुवा, कुलपूजाका लागि चिराकिया, गुरुवा, ओरगानको चयन पनि माघीमै गरिन्छ । संयुक्त परिवारमा बस्ने वा छुट्टिएर बस्ने भन्ने अधिकार माघीमा नै हुन्छ भने विवाहको लगन जुराउने उत्तम साइत पनि यसैबेला हुने राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । पाँच दिनसम्म मनाइने यो पर्वमा ठाउँठाउँमा माघी मिलन कार्यक्रमका आयोजना गरिएका छन् ।