नेपालगन्ज महोत्सवमा आज अशोक दर्जीले माहोल तताउने
प्रकाशित मिति : २०७५, २ माघ बुधबार ०९:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२ माघ।दर्शकहरुको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को सातौ दिन माघ २ गते बहुचर्चित बालगायक अशोक दर्जी , गायक टंक बुढाथोकी र एआर बुढाथोकी लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन।
Advertisement
पहिलो पटक उनिहरु कार्यक्रम लागि नेपालगन्ज आउन लागेका हुन । दर्शकको आग्रहमा आयोजकले उनिहरुलाई नेपालगन्ज ल्याएको हो । प्रचारप्रसार संयोजक सुनिल रेग्मीका अनुसार कार्यक्रम सहभागी हुन उनिहरु मंगलबार बार नै नेपालगन्ज आइपुगेका छन् । आज बुधबार उनिहरुले चर्चित गीत मन बिनाको धन ठूलो , चौरिको चाम्रो छुर्पी, रुपैमोहनी, कसरी कसरी लगाएतका गीतहरु प्रस्तुत गर्ने छन।
बुधबार करिब २५ हजार दर्शकले महोत्सवको अबलोकन गर्ने आयोजक ले अपेक्षा लिएको छ । त्यस्तै नृत्य प्रतियिगिताको दोस्रो दिनको मेगा राउन्डको लागि पनि बुधबार प्रतियोगिता हुने छ । नृत्य प्रतियिगिताको मेगा राउन्डको लागि २० जना प्रतिस्पर्धिहरुले प्रतिस्पर्धा गर्ने छन।
मेलाको छैठौ दिन सम्म आइपुग्दा सबै भन्दा बढी दर्शक मंगलबार रहेको आयोजकका अध्यक्ष नन्द बुढाले बताए। बुढाका अनुसार मंगलबार करिव २० हजार भन्दा बढि दर्शकले महोत्सवको अवलोकन गरेका थिए । स्थानिय कलाकारको समेत बेजोड प्रस्तुती रहने महोत्सव माघ ८ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ।