बाँकेका धेरैजसो स्थानीय तह दमकल विहीन "नेपालगन्जमा अर्को आधुनिक दमकल आउँदै "
"नेपालगन्जमा अर्को आधुनिक दमकल आउँदै "
प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार १४:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,३ माघ । बाँकेका आठमध्ये सातवटा स्थानीय तह मध्य धेरैमा बारुणयन्त्र (दमकल) विहीन रहेका छन् । स्थानीय तहले दमकल खरिदका लागि कुनै चासो देखाएका छैनन् ।
Advertisement
नेपालगन्ज उपमहानगरपालिका मातहतमा अहिले एउटा दमकल रहेको छ भने अर्को पुरानो भएको दमकललाई लिलाम समेत गरिसकेको छ। नेपालगन्जमा अहिले एउटा दमकल भए पनि कुनै आगलागीका घटना भएमा यहाँको एउटा दमकलले नपुगे एरपोर्टबाट समेत दमकल आएर काम गर्ने गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरी प्याकुरेलले बताउनुभयो।
प्याकुरेलका अनुसार अर्को एउटा आधुनिक दमकल खरिद गर्नलाई टेण्डर प्रक्रिया समेत गरिसकेको हुदा चाडैनै आधुनिक दमकल नेपालगन्जमा भित्रिने भएको छ।
गर्मी बढेसँग हुने नगरका भित्री भागमा हुने आगजनीका घटनामा कमी गर्नलाई उपमहानगरले पानीका पाईप हरु बाट समेत आगलागीका बेेेला कार्य गर्न सकिने ब्यबस्था मिलाउदै गएको प्रमुख प्रशाशकीय अधिकृत प्याकुरेलले बताउनुभयो।
कोहलपुर नगरपालिकामा एउटा दमकलले भए पनि काम गर्दै आएको छ। “यति मात्रै होइन कोहलपुर क्षत्रमा बढिरहेको बाक्लो बस्ती का आधारमा पनि अर्को दमकल ल्याउने भनेर हामीले प्रस्ताब राखिने” कुरा कोहलपुर नगरपालिकाकी उप प्रमुख सन्जु कुमारी चौधरीले बताउनुभयो।
बैजनाथ, खजुरा, राप्तीसोनारीमा दमकलको अभाब रहदै आएको छ। बाँकेको सबैभन्दा बिकट नरैनापुरमा दमकल खरिद गरिसकेको छ।
नरैनापुरका प्रमुख प्रशाशकीय अधिकृत दल बहादुरका अनुसार दमकलका फायर फाईटरहरुलाई समेत तालिम दिईसकेको हुदा कुनै आगलागीका घटना भएमा नरैनापुरको दमकलले तत्काल काम गर्ने छ।
डुडुवामा दमकलको अभाबलाई खड़किन नदिन एउटा पानी ट्यांकरमा २ वटा मोटर जडान गरी दमकलको कार्य गर्दै आइरहेको छ।
त्यस्तै जानकी गाउँपालिकामा अहिले पनि दकमल छैन्। आकस्मिक रुपमा आगलागी हूँदा निभाउने यन्त्र नभएपछि प्रत्येक बर्ष गर्मी याममा दमकल नभएका स्थानीय तहमा समस्या हुने गरेको छ । दमकल अत्यावश्यक भएपनि बजेट अभावमा यो वर्ष खरीद गर्न नसकेको गाउँपालिकाहरू बताउँदै आएका छन् । अत्यावश्यक रुपमा रहेको दमकल नहुँदा आगलागीबाट ठूलो क्षति व्यहोदै आउँनु परेको छ ।