भारतबाट आएको अबैध सालको गोलिया सहित ट्र्याक्टर नियन्त्रणमा
प्रकाशित मिति : २०७५, ५ माघ शनिबार १७:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ५ माघ । शसस्त्र प्रहरी बल नेपाल, हेड क्वाटर नम्बर ३० गण बाँकेले अबैध सालको गोलिया सहित ट्र्याक्टर नियन्त्रणमा लिई डिभिजन बन कार्यालय बाँकेमा बुझाएको छ ।
Advertisement
शनिबार बिहान करीब २ बजे तिर भारत तिर बाट अबैध सालको गोलिया काठ नेपाल ल्याउदै गर्दा डुडुवा गाउँपालिका – ६, मानपुरुवा बाट ६ थान सालको गोलियाका साथ खजुरा गाउँपालिका – ४ का ट्र्याक्टर चालक सियाराम लोनिया सहित ट्र्याक्टर नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका प्रमुख उपरिक्षक भेस बहादुर शाहले बताएका छन । “शनिबार बिहान शसस्त्र प्रहरी सहायक निरीक्षक अम्बर बहादुर थारुको नेतृत्वमा गएको गस्ती टोलीले भे १ त ५९८३ नम्बरको ट्र्याक्टर ६ थान सालको गोलिया काठ सहित नियन्त्रणमा लिएको हो ” उपरिक्षक शाहले भने ।
डिभिजन बन कार्यालय बाँकेका घनश्याम केसीले शसस्त्र प्रहरीले ६ थान सालको गोलिया काठ लोड गरिएको ट्र्याक्टर सहित चालकलाई बन कार्यालयमा बुझाएको पुष्टि गरे । उनले भने, ‘आज बिदा भएको हुदा भोलि उक्त काठको अनुसन्धान गरि कानुन अनुसार काम कारबाही गरीनेछ ।’