फागुनदेखि बाँकेमा इट्टाको मूल्य बढ्दै
प्रकाशित मिति : २०७५, ७ माघ सोमबार १८:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ७ माघ । बाँकेमा फागुनदेखि इट्टाको मूल्य बढाइँदैछ । इट्टा बनाउन चाहिने कच्चा पदार्थ महँगो र कामदारको ज्याला बढेपछि यही फागुनदेखि लागूह हुने गरी मूल्य बढाउन लागिएको हो ।
Advertisement
इट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जियानुल खानले अब्बल इट्टाको मूल्य प्रति गोटा १५ रुपैयाँ हुनेछ भने लालपेटी र खञ्जडको मूल्य प्रति गोटा ११ कायम गरिएको छ । अहिले अब्बल इट्टाको मूल्य प्रति गोटा १३ रुपैयाँ छ भने लालपेटी र खञ्जडको मूल्य ९ देखि १० रुपैयाँसम्म रहेको छ । कामदार, माटो र बालुवाको मूल्य बढेकाले इट्टाको मूल्य बृद्धि गर्नुपरेको अध्यक्ष खानले बताउनुभयो । बाँकेमा ५० बढी इट्टा उद्योग रहेको बताइएको छ ।