आज २६ जनवरी, भारतमा गणतन्त्र दिवस मनाइँदै
प्रकाशित मिति : २०७५, १२ माघ शनिबार ०९:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, १२ माघ । मित्रराष्ट्र भारतले (आज) शनिबार ७० औं गणतन्त्र दिवस मनाइँदैछ । हरेक वर्ष २६ जनवरीका दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ ।
Advertisement
सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौम अधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा समेत यो दिवस मनाउने गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । भारतले नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
त्यस्तै बाँकेको कोहलपुरमा पनि नेपाल भारत मैत्री संघ कोहलपुर उप शाखाले भारतको ७० औं गणतन्त्र दिवसमा बिभिन्न क्षत्रमा योगदान पुर्याएका ब्यक्तिहरुलाई सम्मान कार्यक्रम गर्दैछ। शिक्षा क्षत्रमा योगदान पुर्याएका हरी बहादुर रावत र खेलकूद क्षत्रमा योगदान दिएका नेपाली क्रिकेटका पूर्ब कप्तान लेख बहादुर क्षत्रीलाई सम्मान गर्ने भएको छ।