माघेझरीले बाँके इट्टा व्यवसायमा साढे १४ करोड क्षति
प्रकाशित मिति : २०७५, १२ माघ शनिबार १६:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमल न्यौपाने ,नेपालगन्ज । बाँकेका इट्टा व्यवसायीले १४ करोड ४० लाख बराबरको क्षति व्यहोर्नु परेको छ । शुक्रबार भएको बर्षातले गर्दा यहाँका व्यवसायीले यस्तो क्षति व्यहोर्नु परेको हो ।
Advertisement
सिजनको मध्य भागमा भएको बर्षातका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु परेको इट्टा व्यवसायी दीपक अधिकारीले बताए । शुक्रबार भएको बर्षातले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० इट्टा व्यवसायीका सात करोड बढी काँचो इट्टा काम नलाग्ने गरी नष्ट पारेको उनले जानकारी दिएका छन् । जसका कारण १४ करोड ४० लाखको क्षति इट्टा व्यवसायीले व्यहोर्नु परेको उनी बताउँछन् । एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म इट्टा गलेर काम नलाग्ने भएको उनले जानकारी दिए ।
अधिकारीका अनुसार शुक्रबारको बर्षातले प्रत्येक इट्टा व्यवसायीको २० लाखका दरले क्षति भएको अनुमान गरिएको छ । यो बर्षातमा सात करोड इट्टा नष्ट भएकोले अर्को पटक इट्टा उत्पादन नहुँदासम्म इट्टा अभावको सम्भावना समेत हुने देखिएको व्यवसायीहरू बताउँछन् ।
इट्टा उत्पादकहरूले सिजनमा सात राउण्डसम्म इट्टा उत्पादन गर्ने गरेका छन् । ‘एक पटकमा ६ देखि दश लाखसम्म इट्टा तयार पारिन्छ इट्टा व्यवसायी संघका कार्यालय सचिव सुर्यमणि पौडेलले भने, ‘यसपटक कुनै पनि उत्पादकले चार राउण्ड भन्दा बढी उत्पादन गर्न सकेका छैनन् ।’
इट्टा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु पर्ने कारण विमा गर्न नपाउनु रहेको इट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले बताउँछन् । काँचो इट्टाको विमा हुँदैन, उनले भने ‘काँचोे इट्टा बर्षाले क्षति भएपछि लगानी नै डुब्छ ।’ यसले यस बर्ष बाँकेमा इट्टा उत्पादन कम हुने निश्चित भएको छ । सरकारले २०७० असोजदेखि अनिवार्य रुपमा इट्टाको कारोबारलाई मुअकरमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । व्यवसायीहरु भन्छन, ‘सरकारले करको दायरामा ल्याएपनि व्यवसायिक सुरक्षाको प्रत्याभूति दिन सकेको छैन् ।
शुक्रबारको बर्षातले बाँकेका धेरैजसो इट्टा उद्योगका काँचो इट्टाहरू गलेर नष्ट भएका छन् । संघले काँचो इट्टाको विमाको व्यवस्था मिलाउन सरकारसँग यसअघि नै माग गरेपनि अधिकाशं इट्टाको अहिले पनि विमा हुन सकेको छैन् । आकस्मिक रूपमा हुने बर्षाको क्षतिबाट व्यवसायी चौपट नै हुने अवस्थाबाट बचाउन विमाको विकल्प नरहेको व्यवसायीहरू बताउँदै आएका छन् ।