बाँकेस्थित नेपाल-भारत दसगजा क्षेत्रमा संयुक्त गस्ती गरिदै
प्रकाशित मिति : २०७५, १ फाल्गुन बुधबार १४:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। बाँकेस्थित नेपाल–भारत दसगजा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ । सिमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बल एपिएफ र भारतीय सिमा सुरक्षा बल एसएसबी ले संयुक्त रुपमा गस्ती गरेका हुन् । दसगजा क्षेत्रमा शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी गण बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर शाहको कमाण्डमा २५ जना र भारतीय एसएसबी ४२ बटालियन नानपारा बहराईचका कमाण्डर प्रविन कुमारको कमाण्डमा १५ जनाको टोलीले संयुक्त गस्ती गरेका थिए ।
Advertisement
दुबै टोलीले बाँकेको जानकी गाँउपालिका वडा नम्बर १ शिवपुर्वास्थित मुख्य सीमा स्तम्भ नम्बर ६५५ ९३६० देखि डडुवा गाँउपालिका–६ मुन्सीपुरुवास्थित सहायक सीमा स्तम्भ नम्बर ६४९र१६ ९२७र१०० सम्म संयुक्त गस्ती गरेको सशस्त्र प्रहरी उपरिक्षक शाहले जानकारी दिए । ‘संयुक्त गस्ती पेट्रोल गर्दा सिमा स्तम्भहरु सबै दुरुस्त र कुनैपनि स्तम्भ अतिक्रमणमा नपरेको पाईयो,’ शाहले भने । सशस्त्र प्रहरी गणको मातहतमा रहेका जिल्लाका सबै विओपीले पनि नियमित रुपमा मासिक र पाक्षिक रुपमा एसएसबीसँग संयुक्त गस्ती गर्ने गरेका छन् । संयुक्त गस्ती फागुन २ गतेसम्म जारी रहने एसपी शाहले जानकारी दिए ।