हावाहुरी सगैको पानीले खजुरा महोत्सव स्थगित
प्रकाशित मिति : २०७५, २ फाल्गुन बिहीबार २२:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
खजुरा। बाँकेको खजुरामा माघ २४ गते देखि सन्चालनमा रहेको महोत्सवलाई विहिबार दिउसो र राति परेको पानी- हावाहुरीले लाखौको क्षति पु¥याएको छ ।
Advertisement
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको सयुक्त आयोजनामा १० दिनका लागी सन्चालन गरीएको उक्त महोत्सवमा दिउसोदेखि चलेको हावाहुरी र पानीले स्टल, मन्च, बाल उद्यान लगाएतका क्षेत्रमा क्षति पु¥याएको आयोजकले जनाएको छ। पानि र हावाहुरीका कारण झण्डै करोड जतिको नोक्सान भएको सचिवालय समितिका संयोजक मधु खड्काले जानकारी दिइन । विहिबार कलाकार प्रीती आलेले आफ्नो प्रस्तुती राख्दै गर्दा एक्कासीे हावाहुरी सगै आएको वर्षाले छेदविच्छेद हुने गरी महोत्सव स्थलमा क्षति पु¥याएको हो ।
हावाहुरी र पानी पर्न नरोकिएपछि आयोजकले विहिबारको सास्कृतिक कार्यक्रमलाई त्यतिकैमा स्थगित गर्न बाध्य भएको थियो। शुक्रबार विहान सम्म पानि रोकिए पुनः महोत्सवलाई सन्चालन गर्ने गरी थप जनशक्ति खटाएर मर्मतको काम समेत शुरु गरीने आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रिले जानकारी दिए । आधुनिक युवा सञ्जाल, वन वे फिल्मस् प्रालिको सहकार्यमा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५खजुरामा फागुन ५ गतेसम्म सञ्चालन गर्ने आयोजकको योजना छ ।