कश्मिर आक्रमणमा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु, समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीको फोन
प्रकाशित मिति : २०७५, ३ फाल्गुन शुक्रबार ०८:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । प्रधानमन्त्री केपी ओलीले भारत प्रशासित कास्मिरमा ४० सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणको भर्त्सना गरेका छन् । ओलीले बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी आक्रमणको भत्र्सना गर्दै मृतक सुरक्षाकर्मीलाई श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।
Advertisement
बिहीबार दिउँसो कश्मिरको श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवालामा जैस–ए–मोहम्मद नामको आतंकवादी समूहले तीन सय ५० भन्दा बढी विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सुरक्षाकर्मीको गुडिरहेको गाडीमा ठोक्काउँदा ४० जनाको ज्यान गएको थियो ।
जम्मुकास्मिरबाट श्रीनगरतर्फ गइरहेको सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ) माथि आक्रमण भएको हो । आफ्ना सदस्य आदिल अहमदले आत्मघाती विस्फोट गराएको समूहका प्रवक्ता मुहम्मद हसानले पुष्टि गरेका छन् ।
आक्रमणमा घाइते भएका सुरक्षाकर्मीको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।