नरैनापुमा भोलीदेखि ८ दिने मेला शुरु हुँदै
प्रकाशित मिति : २०७५, ३ फाल्गुन शुक्रबार १२:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नरैनापुर( बाँके )।बाँकेको नरैनापुर गाँउपालिकामा आठ दिने मेला शुरु हुँदैछ । नरैनापुरको वडा नम्बर २ मियापुरमामा भोली शनिवारदेखि मेला हुन लागेको हो। भोलीदेखि १२ गते सम्म मेला चल्ने आयोजक समितिका समयोजक तौहीद अहमद शाहले जानकारी दिएका छन् ।
Advertisement
गँगापुरमा रहेको खलीफा सेैयद नुर अहमद शाह रहमततुल्ला अलैह उर्स मेला सयौ बर्षदेखि यसै समयमा आयोजना हुदै आएकोले विगतको परम्परालाई निरन्तरता दिदै मेला आयोजना गरिएको हो ।
मेलामा सामुहिक भण्डारा, प्रार्थना, कव्वाली, नाच तथा तथा जादुई खेलको लगायतको गतिबिधि हुने भएको छ । यस मेलामा भारत कानपुरका चर्चित कोैव्वाल सरीफ परवाज तथा फैजाबादकी नेहानाजको जवावी कौव्वाली मुख्य आकर्षण रहेको बताईएको छ।
मेलाको दोस्रो दिनमा हुने जबावी कौव्वाली ६ घण्टाका लागि ४ लाखमा मगाईएको आयोजकले जनाएको छ ।
कौव्वाल टोलीमा १० जना महिला र १० जना पुरुष २० रहेको जनाईएको छ ।लगातार आठ दिनसम्म लगातार चल्ने मेलामा बाँके, बर्दिया लगायत छिमेकी मुलक भारतको बहराईच, श्रावस्ती, गोण्डा, बलरामपुर, लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दशनार्थीहरु आउने गरेका छन ।यसैगरि मेला स्थलमा रहेको खलीफा सेैयद नुर अहमद शाहको मजार प्रति दर्शालुहरुको धार्मिक आस्था रहेकोले चादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने गरेको छ । मेलामा दर्शकहरुलाई मनोरन्जन गराउनका लागि भारतबाट आएका प्रशिद्ध नौटँकी नाचको आयोजना हुने गर्दछ भने नेपाल र भारतका ठुल्ठुला ब्यापारिक कम्पनीहरुको स्टलह्ररु राखिने गरिएको आयोजकले जनाएको छ ।