बाँकेका चार स्थानीय तहलाई ३ करोड अनुदान
प्रकाशित मिति : २०७५, ४ फाल्गुन शनिबार १७:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । प्रदेश पाँचको आर्थिक मामिला तथा योजना मन्त्रालयले बाँकेका चारवटा स्थानीय तहलाई तीन करोड अनुदान रकम प्रदान गर्ने भएको छ । आठवटा स्थानीय हत रहेको बाँकेमा मन्त्रालयले प्रदेश सरकारले समपुरक योजनाका लागि नेपालगन्ज उपमहानगरपालिकासहित खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका बिभिन्न योजना छनौट गरेको छ ।
Advertisement
नरैनापुर गाउँपालिकाका लागि हुलाकी रोड स्तोरन्तीका लागि मन्त्रालयले २४ लाख अनुदान दिने निर्णय भएको छ । यस्तै राप्तीसोनारी गाउँपालिकाका ६ नम्बर वडादेखि सिद्धेश्वर मावि जाने बाटो कालापेत्र बनाउन ५० लाख छुट्याईएको छ ।
खजुरा गाउँपालिकामा वडा नम्बर ४ प्रहरी बिटदेखि एफगाउँ हुँदै हवलदारपुर जोड्ने सडक कालोपत्रेका लागि २५ लाख, खजुरा वडा नम्बर ३ प्रतिक्षालयदेखि धौलागिरीसम्म जाने सडक कालोपत्रेका लागि २५ लाख, वडानम्बर दुई बाबस्थानदेखि वडा कार्यालय जानेबाटो कालपत्रेका लागि २५ करोड, एक नम्बर वडा कार्यालयदेखि भारत सिमानासम्म सडक कालोपत्रेका लागि २५ लाख नै छुट्याईएको छ ।नेपालगन्ज उपमहानगरपालिकाको कान्ती ताललाई पर्यटकिय क्षेत्रका रूपमा विकास गर्न चालु आर्थिक वर्षका लागि १ करोड ५० लाख अनुदान सहयोग गर्ने भएको छ । कान्ति तालमा बृहत् योजना छ । प्राकृतिक सौन्दर्य बनाउने, बोटिङ गर्नेलगायत सुविधा सम्पन्न ताल बनाउने उद्देश्य रहेको उपमहानगरपालिकाले जनाएको छ । ताल संरक्षण गर्ने उपमहानगरपालिकाको मुख्य कार्यक्षेत्रमा परेको छ।
दुई वर्षदेखि निर्माणाधीन कान्ती तालले २१ र २२ दुवै वडालाई छोएको छ । कुल जमिनमा अहिले वरिपरि पर्खाल लगाउने काम सकिएको छ । आठ करोड लागतमा बन्ने बहुवर्षिय योजना भित्र रहेको उक्त तालका लागि चालु आर्थिक वर्षका लागि प्रदेशले एक करोड ५० लाख अनुदान दिने भएको हो ।