नगर प्रमुख डा.राणाको बिरामीलाई आर्थिक सहयोग
प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार १४:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले आफनो तलव एक सीकीस्त विरामीलाई प्रदान गर्नु भएको छ ।
उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाले वडा न ७ निवासी पुनम नेपालीलाई उपचारार्थ एक महिनाको तलव÷भत्ता बरावरको ५० हजार सहयोग गर्नु भएको हो ।
नगरप्रमुख डा राणाले आज एक समारोहबीच वादी समुदायमा कार्यरत संस्था कमीट नेपाललाई सो रकम बाराबरको चेक हस्तान्त्रण गर्नु भयो ।
Advertisement
प्लाष्टिक एनिमीया कारण पुनमको दुई महिनादेखि बोन म्यारोमा समस्या देखिएको छ । उपचारमार्फत पूर्ण निको हुन करिव १० लाख खर्च लाग्ने चिकीत्सकले बताएको पुनमका पनि सुरेश नेपालीले जानकारी दिनु भयो । संस्थाका अध्यक्ष प्रकाश वादीलाई चेक हस्तान्त्रण गर्दै डा राणाले आफनो तलव मानवीय सेवामा लगाएर जनप्रतिनीधीप्रतिको गलत धारणा परिवर्तन होस्,समाजमा सकरात्मक सन्देश जाओस् भन्ने ध्येय रहेको बताउनु भयो ।
उहाँले पुनमको उपचारमा सहयोग गर्न सबैमा अपील समेत गर्नु भयो। डा राणाले हरेक महिनाको तलव मानवीय उत्थानका लागि सहयोग गर्दै आउनु भएको छ । अध्यक्ष वादीले प्रदानित सो सहयोग बैंकमार्फत झीकेर विरामीको उपचारका लागि दिइने जानकारीगराउनु भयो । उपमहानगरपालिका कार्यपालिका सदस्य मञ्जु नेपालीले स्वागत गर्नु भएको कार्यक्रममा वादी महिलाहरुको सहभागिता रहेको थियो।