नेपालगन्जमा संस्थागत बिधालय मापदण्ड तथा संचालन सम्बन्धि कार्यशाला तालिम
प्रकाशित मिति : २०७५, ७ फाल्गुन मंगलवार १४:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
हेमन्त राज काफ्ले/नेपालगन्ज । संस्थागत बिधालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ सम्बन्धि कार्यशाला तालिम नेपालगन्जमा आयोजना भएको छ।
Advertisement
शिक्षा बिकास तथा समन्वय ईकाई बाके द्वारा विभिन्न बिधालयका सस्थापक तथा प्रधानाध्यापक हरुलाई तालिम दिएको हो। सस्थागत बिधालयको अबस्था दिन प्रतिदिन खस्किदै गएको छ अस्वस्थ प्रतिस्पर्धा एकाधिकार अनि मनपरि अनि प्राचीन तरिकामै चलेको र दिनदिनै खस्किदै गएकोले यो निर्देशिका जरुरी देखिएको ईकाई प्रमुख गोरख थापाले बताए। साथै बिधालय राम्रो अनि गुणस्तरीय बनाउन बिधालय सहज तरिकाले चलाउनलाई यो निर्देशिका एक सहज अस्त्रका रुपमा बन्ने र बिधालयले सम्पुर्ण नीति नियम पालना गर्नुका साथै निर्देशिकाले सबैलाई सहज बनाउने थापाले बताए ।
सस्थापक तथा प्रधानाध्यापकहरु लाई सहजीकरण शिक्षा बिकास तथा समन्वय ईकाईका शाखा अधिकृत लोक बहादुर शाहिले गरेका थिए। शाहीले अहिले राज्यले बनाएको शिक्षा नीति अनि पाठ्यक्रम तथा अबका सस्थापक बिधालय कस्तो हुने, बिधालयले लिने शुल्क देखि लिएर अबका बिधालयका सम्पुर्ण सुबिधा अनि अबको समग्र शिक्षा नितिका बारेमा जानकारी दिएका थिए। शैक्षिक तालिम केन्द्रका प्रमुख माधब शर्माले कन्फिलिक्ट मेनेजमेन्ट्का बारेमा बिधालय भित्र हुने विभिन्न समस्याहरु र तिनका निबारण कसरी गर्ने द्वन्द्व ब्यबस्थापन सम्बन्धि विबिध जानकारीका साथै अभिमुखिकरण गरेका थिए।