नेपालगञ्जको शेमरक किड्सले मनायो तेस्रो बार्षिक उत्सब
प्रकाशित मिति : २०७५, ७ फाल्गुन मंगलवार १८:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपालगञ्जको शेमरक किड्स किङ्डमले आज आफ्नो तेस्रो बार्षिक उत्सब मनाएको छ । नेपालगञ्ज एजुकेशनल फाउण्डेशनका अध्यक्ष अच्युत प्रसाईंको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा समेत देखाएका थिए ।
Advertisement
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालयले कुनै कसर बाँकि राख्न नहुनेमा जोड दिनुभयो । पछिल्लो सयम शिक्षाप्रति अभिभावकहरु सचेत, सजग र जागरुक भइरहेको भन्दै उहाँले निजी विद्यालयहरु पनि अभिभावकप्रति उत्तरदायी र पारदर्शी हुनुपर्ने बताउनुभयो । सिकाई स्तर र पठनपाठनको अवस्था हेरेर मात्र आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्न रेग्मीले सुझाब समेत दिनुभयो ।
विद्यालयका प्रमुख कार्यकारी निर्देशक डा.राजकुमार सुवेदीले शेमरकलाई उत्कृष्ट मन्टेश्वरी विद्यालयका रुपमा स्थापित गर्न आफूहरु दृढ संकल्पित भएको बताउनुभयो । विद्यालयले अब चौथो बार्षिक उत्सब मनाउँदै गर्दा आफ्नै भौतिक सुविधा सम्पन्न भवन र मन्टेश्वरी विद्यालयका लागि चाहिने सम्पूर्ण पूर्वाधार विकास गर्ने डा.सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्राध्यापक मोहनजंग शाह, रेडियो सद्भावका स्टेशन म्यानेजर नवीन गिरी, अभिभावकहरु डा.कुमारसन शाह, डा.पंकज कुमार गुप्ता, केशब न्यौपाने र सुस्मिता शर्माले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयकी प्रधानाध्यापक प्रकृति पाण्डेले गर्नुभएको थियो ।