नेपालगञ्जमा आजबाट शुरु भयो पाँच दिने शिव साधना
प्रकाशित मिति : २०७५, १६ फाल्गुन बिहीबार १२:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपालगञ्जमामा पहिलो पटक आजबाट चौथो शिव साधना शुरु (शिवरात्री बिशेष) भएको छ ।परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाज्यूको सानिध्यतामा आजदेखि २० गते सम्म शिव साधना आयोजना मुल समिति, नेपालगञ्जको आयोजनामा नेपालगञ्जको भेरी प्राविधिक शिक्षालय पछाडी भृकुटीनगरमा शिव साधना शुरु भएको हो।
Advertisement
शिव भगवानको पूजा र आरधाना गर्ने विशेष दिन शिवरात्रीका अवसर पारेर आयोजना गरिएको साधनाको क्रममा साधकहरु प्रार्थना, ध्यान, जप, सत्सङ र योगमा लिनहुनाका साथै परम उद्धारकर्ता संकटमोचन स्वरुप श्रद्धय गुरुदेव श्री मदनबाबाको मुखारविन्दबाट सत्मार्गमा लाग्न जीवन उपयोगी प्रवचन सुन्न भक्तजनहरु साधनामा आएका छन् । साधनाको अन्तिमदिन पितृहरुको उद्धार एव्म साधक साधिकामा विद्यमान रोग, दोष, विध्नबाधाबाट मुक्ति प्राप्त गर्न महारुद्री अनुष्ठान सहितको सवा करोड ज्योति प्रज्वलन पनि गरिने साधना आयोजना मुल समितिका प्रचार संयोजक ओबिराज आचार्यले जानकारी दिनुभएको छ ।
साधनामा नेपालका बिभिन्न जिल्ला र भारतका गरी १५ सय बढीको सहभागिता रहेको संचार संयोजक आचार्यले जानकारी दिनु भएको छ ।
साधनालाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्नका लागि बिभिन्न समितिहरु समेत गठन गरिएको छ।जस अन्तरगत आर्थिक व्यवस्थापन, प्रचार प्रसार, स्वागत तथा सत्कार, भोजन व्यवस्थापन, आवास, मञ्च तथा टेन्ट व्यवस्थापन, दैनिकपूजा, रुद्री र सवाकरोड ज्योति प्रज्वलन, खानेपानी तथा सरसफाइ, सुरक्षा र कार्यसम्पादन समिति गठन गरिएको प्रचार संयोजक आचार्यले बताउनु भयो । साधना वरिपरिको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय बाँके लगायत रक्षक सुरक्षा ग्रुपले सुरक्षाकर्मी खटाएर सुरक्षा प्रदान गरिरहेेको छ ।
कार्यक्रमका सहभागीहरुले नकारात्मक सोंचाइत्याग्ने, शरीरमा नकरात्मक सोंचका कारण परेका असरहरु कम हुने, तनाव कम भै सकारात्मक उर्जा बढ्दै जाने र जीवनमा कार्य सिद्धी प्राप्त हुने समेत यस अघिको शिव साधना शिविरमा सहभागी प्रचार प्रसार संयोजक आचार्यले आफ्नो अनुभव सुनाउनु भएको छ ।