नेपालगञ्जमा भोलीदेखि अन्तर माबि उपमेयर छात्रा क्रिकेट
प्रकाशित मिति : २०७५, २० फाल्गुन सोमबार १६:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपालगञ्जमा भोलि मंगलबारदेखि प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगिता २०७५ हुने भएको छ । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा मंगल प्रसाद माविमा सञ्चालन हुने प्रतियोगितामा १४ माविका टिम सहभागी हुने प्रतियोगिताका संयोजक एवं प्रशिक्षक जमील अन्सारीले जानकारी दिनुभयो ।
Advertisement
संघले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको अवगत गराएको हो । छात्र प्रतियोगिताका लागि तीन लाख वजेट छुट्याएको उपमहानगरपालिकाले छात्रा क्रिकेट तालिम र प्रतियोगिताका लागि छ लाख सहयोग गरेको संघले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवल शमशेर राणाले महिला क्रिकेटको उदगमस्थल नेपालगञ्जमा क्रिकेट विकास गर्न प्रतियोगितालाई निरन्तरता दिइने बताउनु भयो । उपप्रमुख उमा थापा मगरले क्रिकेट सुधारका लागि प्रतियोगितासँगै मैदान लगायतका पुर्वाधार निर्माणलाई प्राथमिकता दिइने उदघोष गर्नु भयो। २८ गतेसम्म चल्ने प्रतियोगितामा विहान र साँझ गरि दुई वटा खेल खेलाईने बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापाले जानकारी दिनु भयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोश्रो हुनेलाई २० हजार रुपैयाँ लगायतका पुरस्कार दिइने अध्यक्ष थापाले जानकारी दिनुभयो । भोलिको उदघाटन खेल सरस्वती माबि र वेस्ट जोनबिच हुनेछ । पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका उपाध्यक्ष सञ्जय सिंह, वडा अध्यक्षहरु सुनिलसिंह हमाल, विरेन्द्र शाह लगायतको उपस्थिती रहेको थियो ।