नेपालका एक्ला अर्बपति विनोद चौधरीको एकै बर्षमा २२ अर्व सम्पति बढ्यो
प्रकाशित मिति : २०७५, २२ फाल्गुन बुधबार १९:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । विश्वका अर्वपतिका सूचिमा नेपालका एकमात्र विनोद चौधरी गत वर्षभन्दा २ सय १२ स्थान माथि उक्लिनुभएको छ । अमेरिकी म्यगेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९को अर्वपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा हुनुहुन्छ ।
Advertisement
गत वर्ष उहाँ फोर्ब्सको अर्वपतिको सूचीमा १५६१औं स्थानमा हुनुहुन्थ्यो । चौधरीले २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप कमाउनुभएको छ । आजको विनिमय दर अनुसार २२ अर्ब ६१ करोड ८० लाख हुन्छ ।चौधरीसँग हाल १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ । गत वषै उनको सम्पत्ति १ खर्ब ७० अर्ब बराबरको थियो ।
चौधरी ग्रुप (सीजी)को प्रमुख हुन् । यो समूहले नेपालमा नबिल बैंक चलाउँछ । यसैमार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालनमा छ भने विद्युत, व्यापार र होटल क्षेत्रमा समेत चौधरीको लगानी छ ।
चौधरीको सीजी फुडले उत्पादन गर्ने वाइवाइ चाउचाउ क्षेत्रीय बजारमा समेत चर्चित छ । भारत, सर्विया, बंगलादेश र साउदी अरेबियामा समेत यो चाउचाउको उत्पादन प्लान्ट छ । चौधरी समूहसँग २९ वटा होटल छन् ।