भूकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी अभिमुखीकरण
प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार १४:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज ।नेपालगन्ज उप महानगरपालिका वडा नं २० मा भूकम्प प्रतिरोधी भबन निर्माण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
Advertisement
वडा भवनको हलमा निर्माण व्यवसायी, निर्माण मजदुर, वडावासी लगायतको सहभागिता रहेको कार्यक्रममा भूकम्प आउने कारण, यसका असरहरु तथा भूकम्पीय जोखिम न्युनिकरणका उपायहरु, पिलरवाला भवन बनाउँदा ध्यानदिनुपर्ने कुरा, गारोवाला भवन बनाउँदा ध्यानदिनुपर्ने बुदाँहरु, निर्माण सामाग्री गुणस्तर तथा निर्माण गुणस्तर र समग्र सुरक्षित भवन निर्माण आदि बारे सहजीकरण गरिएको थियो । एनसेटको तर्फबाट बालकृष्ण लम्साल, चुडामणि मगर, प्रदिप प्रसाद वैदिक र गेहेन्द्र वली लगायतले सहजिकरण गर्नु भएको थियो ।
नेपालगञ्ज उप महानगरपालिका र भूकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल (एनसेट) को संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा वडा अध्यक्ष दिपक बर्मासहित ३८ जनाको सक्रिय सहभागिता भएको थियो ।