के तपाईं पानीजहाजमा काम गर्न चाहनुहुन्छ…. लखनउको सिमेट बन्नेछ भरपर्दो गन्तब्य !
प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार १३:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
नेपालगञ्ज । के तपाईं पानी जहाजमा काम गर्न चाहनुहुन्छ ? पानी जहाजमा कुकदेखि क्याप्टेनसम्म बन्न इच्छुक हुनुहुन्छ ? पानी जहाजमै आफ्नो करियर बनाउन चाहनेहरुका लागि भारतको लखनउमा २० बर्षदेखि एड्भान्स्ड तालिम दिइरहेको सेन्टर फर मेरिटाइम एजुकेशन एण्ड ट्रेनिङ्ग (सिमेट) तपाईंको भरपर्दो गन्तब्य बन्न सक्छ ।
उत्तर भारतको सबैभन्दा ठूलो र एड्भान्स्ड ट्रेनिङ्ग सेन्टर आइएसओ मान्यता प्राप्त सिमेटले होस्टेल सुविधा सहित कम पैसामै दक्ष क्याप्टेन र नेबीहरुद्वारा पानी जहाजमा काम गर्न चाहिने विभिन्न तालिम दिइरहेको तालिम केन्द्रका प्रमुख एवम् क्याप्टेन एन.आई.बेगले बताउनुभयो । ‘यो ट्रेनिङ्ग लिन नेपालीहरु भारतका गोवा, मुम्बई लगायतका ठाउँमा गइरहेका छन् । त्यहाँ जान आउनदेखि सबै खर्च बढी लाग्ने र ट्रेनिङ्ग शुल्क पनि हाम्रो भन्दा झण्डै दोब्बर छ, क्याप्टेन बेगले भन्नुभयो, ‘नेपालदेखि नजिकै रहेको लखनउमा हामीले २० बर्षदेखि तालिम दिइरहेका छौं, नेपाली विद्यार्थीहरुलाई पनि हामी तालिममा बढी भन्दा बढी सहभागी गराउन चाहन्छौं, तपाईंहरु आउनुुस्, कम पैसामै बेसिकदेखि एड्भान्स्ड तालिम लिएर जानुस् ।’
तालिम निर्देशक क्याप्टेन प्रकाश चन्द्रले नेपाली विद्यार्थीहरुलाई होस्टेल सुविधासहित विशेष छुटमा तालिम दिइरहेको बताउनुभयो । सिमेटमा पानी जहाजमा चाहिने सेफ्टी, फस्ट एड, फायर फाइटिङ्ग र पर्सनल सर्भाइभर तथा क्राउड म्यानेजमेन्ट, क्राइसिस म्यानेमेन्ट र नेबीहरुको तालिम दिइँदै आइएको क्याप्टेन चन्द्रले जानकारी दिनुभयो । केटरिङ्ग कोर्श गरिरहेका नेपालीहरु पनि त्यहाँ गएर तीन हप्ताको तालिम पश्चात् पानी जहाजमा कुकको काम गर्न सक्ने उहाँले बताउनुभयो ।
सिमेटमा तालिम लिइरहेकी झापाकी अनिता सुब्बा लिम्बुले नेपालबाट नजिकै भएको तथा दक्ष क्याप्टेन र नेबीहरुद्वारा तालिम दिइने भएकाले आफू सिमेटमा आएको बताउनुभयो । ‘यहाँ राम्रो र सफा होस्टेलको सुविधा छ, दक्ष क्याप्टेन र नेबीहरुद्वारा एड्भान्स्ड तालिम दिइन्छ,’ उहाँले भन्नुभयो, ‘विदेशमा गएर पानीजहाजमा काम गर्न चाहने नेपालीहरुका लागि सिमेट उत्तम गन्तब्य हो ।’ उहाँका अनुसार विश्वमा अहिले पानीजहाजको जागिरको स्कोप धेरै हुनुका साथै सुरक्षाका दृष्टिले पनि उत्तम छ । उहाँले थप्नुभयो, ‘पानी जहाजभित्र धेरै डिपार्टमेन्टहरु हुन्छन् । जस्तैः इन्जिन, डेक, इलेक्ट्रोनिक्स, हाउसकिपिङ्ग, बार, रेष्टुरेन्ट, होटल आदि–सुरक्षाका दृष्टिले यी कुनै पनि डिपार्टमेन्टमा काम गर्न तालिम लिएकै हुनुपर्छ ।’
नेपालीहरुलाई पानी जहाजमा कामको स्कोपका बारेमा त्यति जानकारी नभएका कारण पनि कमले तालिम लिने गरेको बताउँदै लिम्बुले इच्छुकलाई यो कोर्श गर्न आग्रह गर्नुभयो । तालिम केन्द्रका स्वास्थ्य प्रमुख डा. मोहमद कयुमका अनुसार तालिम केन्द्रमा कुनै दुर्घटना भएमा ५ मिनेटमा नै आपत्कालीन उद्दार समेत गरिन्छ । नेपालबाट सिमेटमा अहिले मासिक करिब ३० जना नेपालीहरुले तालिम लिने गरेको क्याप्टेन चन्द्रले बताउनुभयो ।