बर्दियामा एक बालिका १२ वर्ष नपुग्दै सुत्केरी
प्रकाशित मिति : २०७५, २५ फाल्गुन शनिबार ११:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बर्दिया ।बर्दियामा एक बालिका १२ वर्ष नपुग्दै सुत्केरी भएकी छिन्। ०६३ चैत १३ गते जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीमै छोरी जन्माएकि हुन् । आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो।
Advertisement
स्वास्थ्य संस्था नै नपुगी उनले माइतीको छाप्रोमै बच्चा जन्माएकि हुन् । गर्भ रहेको ९ महिनामा सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमा अवस्था सामान्य रहेपनि उमेरका कारण दुवैको स्वास्थ्य अवस्था जोखिमपूर्ण अवस्थामा छ। शरीर सुन्निएर भावनालाई ज्वरो आउने गरेको छ।
गाउँकै सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १४ वर्षीय नन्दबहादुर रावतसँगको विवाह भएको थियो।