नेपाल भारत मैत्री संघद्वरा नेपालगन्जमा नौ जना महिलाहरुलाई सम्मान
प्रकाशित मिति : २०७५, २५ फाल्गुन शनिबार २०:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्जमा नौ जना महिलाहरुलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल–भारत मैत्री संघ बाँके र कोहलपुर शाखाले शनिबार नेपालगन्जमा विशेष समारोहको आयोजना गरी समाजमा अग्रणी भूमिका निर्वाह गरेका महिलाहरुलाई सम्मान गरेको हो ।
Advertisement
सम्मानित हुनेमा भारतकि अधिकारका क्षेत्रमा सक्रिय मणि चतुर्वेदी शर्मा, महिला तथा बाल उत्पीडनका क्षेत्रमा सक्रिय यशा बर्मा रावत र महिला सशक्तिकरणका लागि पैरवी गर्दै आएकी डा. निधि पंकज अग्रवाल सम्मानित भए ।
नेपालगन्जका तीन जना महिला मोहम्मदी सिद्दीकी, सरितादेवी शर्मा ज्ञवाली र नेरी थापालाई सम्मान गरिएको थियो । महिला अधिकारको क्षेत्रमा योगदान दिएका सिद्दीकी, महिला क्रिकेटमा योगदान दिए बापत थापा र रक्तदान गरेर दर्जनौं व्यक्तिको ज्यान जोगाएबापत ज्ञवालीलाई सम्मान गरिएको हो ।
सामाजिक क्षेत्रमा योगदान गरेबापत कोहलपुरकी भारती खनाल, महिला उद्यमीतर्फ कोहलपुरकी मीना शर्मा गौडेल र शैक्षिक विकासमा योगदान दिने फूल कुमारी थारुलाई पनि संघले सम्मान गरेको हो । प्रदेश सभा सदस्य कृष्णा केसी लगायतले विभिन्न क्षेत्रमा योगदान दिएका महिलाहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रमका अवसरमा कार्यक्रममा सहभागि महिलाहरुलाई प्याड पनि वितरण गरिएको थियो । प्याड वितरणका लागि ‘प्याड म्यान’ भनेर चिनिने लखनउका डा.अमित सक्सेनाको पनि उपस्थिति थियो। बलिउड अभिनेता अक्षय कुमार आबद्ध ‘रन फर नाईन अभियान’ मार्फत प्याड वितरणमा संलग्न सक्सेनाले महिलाहरुलाई प्याड वितरण गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य नामुना केसी, कोहलपुर नगरपालिकाकि उप प्रमुख सन्जु कुमारी चौधरी , राप्ती सोनारी गाउपालिकाकि उप प्रमुख , नेपाल भारत मैत्री संघकि केन्द्रीय उपाध्यक्ष सुस्मा शर्मा,नेपालगन्ज उधोग बाणिज्य संघकि उप महासचिव तारा रोकाया, कोहलपुर उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोहलपुर नेपाल भारत मैत्री संघका अध्यक्ष नरेश बान्तवा, बाँकेका अध्यक्ष लगायत अन्यको उपस्थिति रहेको थियो।