विप्लव कार्यकर्ताले राजीनामा मागेर धम्क्याएपछि दैलेखका जनप्रतिनिधिले प्रहरी गुहारे
प्रकाशित मिति : २०७५, २८ फाल्गुन मंगलवार १७:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चन्दासँगै राजीनामा मागेर धम्क्याएपछि दैलेखका जनप्रतिनिधिले प्रहरी गुहारेका छन् ।
Advertisement
पत्रमार्फत सुरुमा जनप्रनिधिसँग चन्दा र राजीनामा मागेका विप्लवका कार्यकर्ताले टेलिफोनमार्फत दबाव बढाउन थालेपछि दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई भेटेरै सुरक्षा मागेका हुन् ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख शाहले दैलेखका स्थानीय सरकारका प्रमुख सुरक्षाको प्रत्याभूति खोज्दै आफूकहाँ आइपुगेको बताउनुभयो । देश समृद्धितर्फ अघि बढिरहेका बेला विप्लव समूहले विस्फोट तथा व्यक्ति हत्याजस्ता आपराधिक गतिविधि बढाएको बताउनुभयो ।
संविधानले निषेध गरेका कार्य गर्ने राजनीतिक समूह नभएर अपाराधिक समूह भएको भन्दै प्रहरीले यस्ता गतिविधिको नियन्त्रण गर्ने र यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रियाका लागि कडा कदम चाल्ने बताउनुभयो । विप्लवका गतिविधि बढे पनि सबै मिलेर त्यसलाई निस्तेज पार्न सकिने उनको भनाइ थियो ।