रारा–कर्णाली पर्यटन वर्ष उद्घाटनको खर्चबारे अख्तियारले अनुसन्धान थाल्यो
प्रकाशित मिति : २०७५, २८ फाल्गुन मंगलवार १८:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा भएको खर्चबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।
Advertisement
प्रदेशसभाको सार्वजनिक लेखा समितिले पर्यटन वर्षको उद्घाटनमा लाखौं रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेपछि अख्तियारले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।
उद्घाटनको खर्च विवरण उपलब्ध गराउन भन्दै अख्तियारले प्रदेश सरकार र मातहतका मन्त्रालयलाई पत्र काटेको छ। प्रदेश सरकारले वैशाख १ गते मुगुको रारामा पर्यटन वर्ष उद्घाटन गरेको थियो।
उद्घाटनमा व्यापक आर्थिक अनियमितता भएको ठहर गर्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिले कारबाही गर्न प्रदेश सरकारलाई निर्देशन दिइसकेको छ।लाखौं रकम अनियमितता भएको प्रश्न उठेपछि पर्यटन वर्षको उद्घाटनमा भएको खर्चमाथि आफूहरूले पनि अनुसन्धान थालेको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ।
अनुसन्धानका लागि १५ दिनभित्र पर्यटन वर्षको खर्च विवरण उपलब्ध गराउन पत्राचार गरिएको अख्तियारले जनाएको छ।अनुसन्धानका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभागीय मन्त्रालय र अन्य जोडिएका निकायलाई पनि पत्र काटिएको अख्तियारले जानकारी दिएको छ।