दर्ता बिनै पसलहरु सञ्चालनमा
प्रकाशित मिति : २०७५, २९ फाल्गुन बुधबार ०९:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ ।घोराही उपमहानगरपालिकाले व्यवसाय दर्ता अभियानलाई तिब्रता दिएको छ । व्यवसाय दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने भन्दै उपमहानगरले दैनिक कर्मचारीहरुलाई व्यवसाय घरदैलो अभियानमा खटाएको छ । दैनिक दुईजना कर्मचारी व्यवसाय दर्ता भए नभएको बारेमा बुझ्न पसलमा पुग्ने गरेका छन् । पसल दर्ता बिनै सञ्चालन हुँदा पसल वैधानिक नहुनुका साथै राजस्व छली हुने भन्दै उपमहानगरले कर्मचारीलाई बजारमा परिचालन गरेको हो ।
Advertisement
दैनिक दुई दर्जन बढी पसलहरुको अनुगमन गर्दै दर्ता नभएकालाई एक सातामा दर्ता प्रकृयामा आउन पत्र काट्ने गरेको राजस्व शाखा प्रमुख कृष्णकुमार केसीले जानकारी दिए । अनुगमनसँगै दर्ता प्रकृयामा आउनेको संख्यामा बृद्धी हुँदै गएको छ । हिजोआज दैनिक एक दर्जन पसलहरु दर्तामा आउने गरेको शाखा प्रमुख केसीले जानकारी दिए ।
अनुगमनका क्रममा ५० प्रतिशत पसलहरु दर्ता बिनै चलेको पाइएको छ । चालु आर्थिक बर्षमा उपमहानगरको राजस्व शाखामा १ हजार ४ सय ८४ जना पसलहरु दर्तामा आएका छन् भने उपमहानगरमा कुल ६ हजार व्यवसाय दर्ता भएको शाखा प्रमुख केसीले जानकारी दिए ।