नेपालगन्जमा मोटरसाईकलले ठक्कर दिदाँ एकजना गम्भीर घाईते
प्रकाशित मिति : २०७५, २९ फाल्गुन बुधबार १४:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ रामनगरमा मोटरसाईकलले ठक्कर दिदाँ एकजना गम्भीर घाईते भएकाछन् ।
फुल्टेक्रा–रामनगर सडकखण्डमा आज विहान करिब साढे ९ बजे मोटरसाईलले साईकल यात्रीलाई ठक्कर दिएकोहो ।
Advertisement
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, वसन्तपुरका युवा शिवम धनकुट्टालाई मोटरसाईकलले ठक्कर दिदाँ गम्भीर घाईते भएका हुन् ।
दुर्घटना भएलगत्तै घाईते शिवमलाई उपचारका लागि भेरी अस्पतालमा लगिएको उनको परिवार सदस्यले बताएकाछन् । मोटरसाईकलको ठक्करले घाईते शिवमको बायाँ खुट्टाको जाँघ पूर्णरुपले भाँचिएको छ ।
उनको भेरी अस्पतालमा उपचार हुननसक्दा थप उपचारका लागि नेपालगन्ज स्थित वेष्टर्न हस्पिटलमा लगिएको घाईते शिवमका दाई राजेश धनकुट्टाले सद्भावलाई जानकारी गराए । दुर्घटनामा घाइते भएका शिवमको अवस्था अहिले खतरामुक्त छ, राजेशले भने बायाँ खुट्टाको जाँघ भाँचिएर दुईटुक्रा भएकोछ ।
घटनालगत्तै मोटरसाईकल चालक फरार भए । उनको मोटरसाईकल नम्बर र चालकलाई प्रहरीले अझै पक्राउ गर्न सकेकोछैन । वडा प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले भने मोटरसाईकल चालकको पहिचान भइसकेकोछ, उनी हाम्रो सम्र्पकमा आउने मोटरसाईकल चालकका आफन्तले बताएको उनले जानकारी दिए ।
घाईते शिवम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित महाराजा माध्यमिक विद्यालय कक्षा दशमा अध्ययनरत विद्यार्थी हुन्। आगामी चैत्र १० गतेबाट उनले सीइइ परीक्षा दिनेछन् । तर खुट्टा नै भाँचिएको अवस्थामा उनको अपरेशन गर्नुपर्ने चिकित्सकले बताएपछि परीक्षामा सम्मलित हुननसक्ने कुराले यतिखेर पिरोलेको उनको परिवारले जनाए ।