अमेरिकी राजदुत बेरी नेपालगन्जको वडा नम्बर ४ मा
प्रकाशित मिति : २०७५, २९ फाल्गुन बुधबार २१:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा जनप्रतिनिधि र स्थानीय सरोकारवाला बिच छलफल गरिएको छ । जवाफदेहिताका लागि आर्थिक पारदर्शीता कार्यक्रम अन्तगर्तको कार्यक्रममा दोहोरो सम्वाद गरिएको थियो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत रेन्डि बेरीले जनता र जनप्रतिनीधीबीचको आमने सामनेले लोकतन्त्रको संस्थागत विकास, सुशासन र सेवा प्रवाहलाई मद्यत पुग्ने बताउनु भयो ।
Advertisement
कार्यक्रममा नगर प्रमुख राणन, उपप्रमुख थापामगरले वडाको काममा साथ दिन जनतालाई अपील गर्नु भयो । वडाअध्यक्ष सफिक वेहनाले जनता र जनप्रतिनीधीको सहकार्यमा कार्यक्रम बढाइने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो अवसरमा वडाका तर्फबाट विकास र सेवा प्रवाह बारे ६ बुदे प्रतिवद्धता पनि व्यक्त गरिएको छ । बालमैत्री स्थानीय शासनको अवधारणालाई अवलम्बन गर्दै १ बर्ष भित्र वडालाई बालमैत्री वडा घोषणा गर्ने, नयाँबस्ति, प्रगतिशिल टोल लगाएतका टोलहरुमा आवश्यकता अनुसार सडक,
खानेपानीका लागि योजना सञ्चालन गर्ने, वडानम्बर ४ मा छात्रा स्कुल स्थापना गर्ने, वडाध्यक्षले आफ्नो पारिश्रमिकबाट वडाको बिकासका लागि खर्च गरिरहेकाले सो को जानकारी नियमित रुपमा सार्वजनिक गर्ने, आगामी बजेटबाट वडामा जिम केन्द्र स्थापना गर्ने र वडामा निर्माणाधिन नगर स्वास्थ्य भवन वरिपरि भईरहेको अतिक्रमण हटाउने प्रतिवद्धता रहेका छन् ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गर्नु भएको कार्यक्रममा वडा नम्बर २ र ११ का वडा अध्यक्ष सुुुुनिल सिंह हमाल र उज्ज्वल सिंह राठौर ,वडा नम्बर ४ का समाजसेबि मो. जुनियाद कादरी,समाजसेबि मो. सलिम मुसलमान,वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी नायब निरीक्षक माधब रिजाल,नेपालगन्ज जेसिसकि बरिस्ठ उपाध्यक्ष पिन्की , वडा नम्बर ४ का जनप्रतिनिधिहरु, राज अर्डर सप्लायर्सका सन्चालक मो. रहिस हलवाइ, वडा सचिब रज कुमार कार्की, समाजसेबी तब्सिर अहमद सेख लगयात अन्य स्थानियहरु उपस्थिति रहेको थियो।