भेरी प्राविधिक शिक्षालय स्थापनाको २५ बर्ष, मनायो रजत जयन्ति
प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार १६:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, । नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयले रजत जयन्ति मनाएको छ । स्थापना भएको २५ बर्ष पुगेको उपलक्ष्यामा आज शिक्षालयमै एक कार्यक्रम गरी रजत जयन्ति समारोह गरिएको छ । रजत जयन्ति समारोहका प्रमुख अतिथि एवम् नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले शिक्षालयले धेरैलाई सीप सिकाएर आयआर्जनका लागि आत्मनिर्भर बनाएको भन्दै प्रशंसा गर्नुभयो ।
Advertisement
सीप सिकेर स्वदेशमै काम गर्दै आफ्नो जीवन निर्वाह गर्न सक्ने वातावरण शिक्षालयले बनाइदिएको उहाँले बताउनुभयो । प्राविधिक शिक्षाका लागि भेरी प्राविधिक शिक्षालयसँग सहकार्य गरेर काम गर्न नेपालगञ्ज उपमहानगरपालिका तयार रहेको मेयर डा. राणाले बताउनुभयो ।
कार्यक्रममा प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् प्रदेश पाँचका प्रमुख अरविन्द चौधरी, परिषद् कर्णाली प्रदेशका प्रमुख भीमकान्त लामिछाने, शिक्षालयका प्रमुख अच्युतराज दाहाल, सहायक प्रमुख पारस खड्का लगायतले प्राविधिक शिक्षाको महत्व र भेरी प्राविधिक शिक्षालयले दक्ष प्राविधिक उत्पादनमा खेलिरहेको भूमिकाबारे चर्चा गर्नुभएको थियो। रजत जयन्तिका अवसरमा शिक्षालय प्रांगणमा नवनिर्मित स्मारकको पनि मेयर डा. राणाले आजै अनाबरण गर्नुभयो ।