पुर्वाधार निर्माण कार्य तिव्र रुपमा अगाडी बढीरहेको छ:नगर प्रमुख राणा
प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार २०:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकताका साथ निर्माण कार्य अघि बढाएको जनाएको छ ।
नगरका अधिकांश भागमा सडक, ढल, नाला लगायतका पुर्वाधार निर्माण कार्य तिव्र रुपमा अगाडी बढाइरहेको जनाउँदै नगर प्रमुख डा धवल शम्शेर राणाले एक विज्ञप्तीमार्फत पछिल्लो विवरण सार्वजनिक गर्नु भएको हो ।
नगरमा थुप्रै विकास निर्माण योजनाका काम जारी रहेको जनाउँदै नगर प्रमुख राणाले विकासमा जनप्रतिनीधी, कर्मचारी र स्थानीय जनताबीचको सहकार्य पनि सौहार्द रहेको उल्लेख गर्नु भएको छ ।
आज जारी विज्ञप्तीमा उपमहानगरपालिकाले नेपालगञ्ज–४ स्थित साढे चार बिघाः मा अत्याधुनिक बसपार्क निर्माण कार्य अन्तिम चरणमा पु¥याएको, नेपालगञ्ज–२ न्यूरोडस्थित आठ कठ्ठा क्षेत्रफलमा अत्याधुनिक सात (७) तले भवन, नेपालगञ्ज– ८ स्थित मंगल प्रसाद मावि परिसरमा महिला कलेज निर्माणको प्रक्रिया अन्तिम चरणमा पु¥याएको लगायत आधा दर्जन बढी योजना बारे उल्लेख गरिएको छ ।
महिला कलेजका लागि ८ करोड बजेट बिनियोजन गर्नुका साथै डिपिआर तयार गरेर निर्माणका लागि ठेक्का आव्हान गर्ने गरि काम अगाडी बढाइएको विज्ञप्तीमा जनाइएको छ । साथै क्याम्पस स्थापना भए मुस्लिम, मधेसी र अल्पसंख्यक समुदायका छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न सहज हुने विश्वास पनि व्यक्त गरिएको छ ।
अन्डर ग्राउण्ड पार्किङसहितको सुविधा सम्पन्न शपीङ क्म्प्लेक्स भवन निर्माणका लागि डिपीआर तयार भएर निर्माण प्रक्रिया चाँडै शुरु गराइने पनि विश्वास दिलाइएको छ ।
यस्तै नगरको फोहर व्यवस्थापन र सरसफाईलाई पनि अत्यन्तै प्राथमिकतामा राखीएको उल्लेख गर्दैै विज्ञप्तीमा नेपालगञ्ज उपमहानगरपालिका–२३ मा निर्माणाधिन ल्याण्डफिल्ड साइट ०७६ वैशाखसम्म सञ्चालनमा आउने बताइएको छ । दैनिक २५ देखि ३० टन सम्म जम्मा हुने नगरको फोहर ल्याण्डफिल्ड साइटमै भण्डारण गर्न सकिने समेत जारी विज्ञप्तीमा जनाइएको छ । । यस्तै उपमहानगरपालिकाले वडा न २१ मा खुला काञ्जी हाउस निर्माण गरेर एक सय २३ वटा पशुलाई आश्रय दिइएको उल्लेख गरिएको छ। सोही क्षेत्रमा गौशाला निर्माणको प्रक्रिया पनि बढाइने जनाइएको छ । भइरहेका विकास निर्माणको प्रगती र भावी योजनाका बारे नियमित सार्वजनिक गर्ने प्रतिवद्धतासहित नगरको समग्र विकासका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमले पु¥याएको योगदानप्रति पनि नगर प्रमुख डा राण्नाले कृतज्ञता प्रकट गर्नु भएको छ । साथै उहाँले जिम्मेवारी निर्वाहका क्रममा हुन सक्ने कमी कमजोरीलाई सुधार्दै लैजाने वाचासहित निरन्तर सहयोगका लागि सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ ।
Advertisement