दाङ र सल्यानमा विप्लव नेतृत्वका ४ जना कार्यकर्ता पक्राउ
प्रकाशित मिति : २०७५, ४ चैत्र सोमबार १६:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ। दाङ र सल्यानमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता धमाधम पक्राउ परेका छन् । रोल्पाको सुनछाहारी गाउँपालिका निवासी १९ बर्षीय पुन मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले शनिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं ३ दमारगाउँबाट पुनलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
Advertisement
प्रहरीका अनुसार पुन जानसाँस्कृतिक परिवारसंग आवद्ध रहेको भन्ने खुल्न आएको छ । प्रहरीले पक्राउ गरेका पुन विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तरगत मुद्दा चलाइएको जानकारी दिएको छ । पुनलाई आइतवार दश दिने म्याद थप गरि अनुसान्धान गर्न आदेश प्राप्त भएको प्रहरीले बताएको छ ।
त्यस्तै सल्यानमा थप तीन जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख एवं डिएसपी विरेन्द्रबहादुर शाहीले नेकपाका जिल्ला सदस्य मदन केसी (बैज्ञानिक)लाई नेपाल वन्दको दिन फागुन २३ गते, अखिल क्रान्तिकारीका जिल्ला सचिव गाणेश आर्सीलाई २५ गते र युवा संगठनका जिल्ला सदस्य खुमलाल वलीलाई पक्राउ गरिएको डिएसपी शाहीले जानकारी दिए । उनीहरुलाई सार्वजनिक कसुर विरुद्धको मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।