बाँकेमा एसईईको तयारी पूरा, ८ हजार बढीले परीक्षा दिँदै
प्रकाशित मिति : २०७५, ५ चैत्र मंगलवार १७:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । बाँकेमा यस बर्षको एसईई परीक्षाको तयारी पूरा भएको छ । बाँकेबाट ८ हजार बढीले एसईई परीक्षा दिँदैछन् । जिल्ला शिक्षा समन्वय इकाई बाँकेका अनुसार, यस वर्ष ८ हजार १ सय ७५ जनाले एसईई परीक्षा दिन लागेका हुन् ।
Advertisement
जस अन्तर्गत् खुला विद्यालय ३, प्राविधिक धारका ५ विद्यालय, निजी विद्यालय ८० र सामुदायिक ८५ गरी कुल १ सय ६५ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी हुन लागेका जिल्ला शिक्षा समन्वय इकाई बाँकेका निमित्त प्रमुख उद्धब श्रेष्ठले बताउनुभयो । २३ वटा केन्द्र निर्धारण गरिएकोमा केन्द्राध्यक्ष भोलीसम्म तोक्ने तयारी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
यही चैत्र १० गते विहान ८ बजेदेखि परीक्षा सञ्चालन हुने भएकाले सवै केन्द्रमा उत्तरपुस्तिका पुगेसकेको र प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय बाँकेमा सुरक्षाका साथ राखिएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।