वडा नम्बर ४ को एक सरकारी स्कुल बन्यो पार्किङ स्थल ! "तत्काल हटाउन लगाउने: अध्यक्ष बेहना "
"तत्काल हटाउन लगाउने: अध्यक्ष बेहना "
प्रकाशित मिति : २०७५, ६ चैत्र बुधबार ०८:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। नेपालगन्जको वडा नम्बर ४ स्थित एक सरकारी बिद्यालय ट्याक्टर पार्किङ स्थल बनेको छ। लामो समय देखि एक निजि ट्याक्टर आधारभुत बिद्यालयको मैदानमा पार्किङ गर्दा समेत बिद्यालय प्रशासन मौन रहदै आएको छ। यसरी एउटा सरकारी बिद्यालयमा निजि ब्यक्तिको सम्पत्ति राखिदै आउदा समेत नजिकै रहेको वडा नम्बर ४ को कार्यालय समेत जानकार छैन् ।
Advertisement
बिद्यालयको मैदानमा एक जना निजि ब्यक्तिको ट्याक्टर र दुईवटा ट्रली आफ्नो मनमर्जीले ( राखिदा) पार्किङ गर्न दिदा बिद्यालय प्रशासनकै कमजोरी देखिएको छ। निजि ट्याक्टर किन पार्किङ गरिएको भन्ने कुरामा वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले यस बारेमा तत्काल बिद्यालय प्रशाशनलाई उक्त ट्याक्टर बाहिर निकाल्न जानकारी गराउने बताए। सरकारी बिद्यालयमा यसरी निजि सम्पत्ति पार्किङ गर्नु गलत रेहेको हुँदा यस्तो कार्य अब आयन्दा नगराउन बिद्यालयलाई जानकारी गराउने बताउछन अध्यक्ष बेहना।
त्यति मात्र हैन वडा नम्बर ४ का स्थानियहरुले समेत यसरी सरकारी सम्पत्ति भित्र निजि ट्याक्टर राख्दा बिद्यालयले केही नभन्नुमा बिद्यालयकै कमजोरी भएको बताउछन् । बिद्यालय भित्र यस्तो गैर जिम्मेवार तरिकाले निजि ट्याक्टर पार्किङ गर्नु भनेको अशोभनीय कार्य भएको बताउछन् एक स्थानिय ब्यक्ती एबम उधोग ब्याबसायी मो. जुनेद कादरी ।