एसपी अरुण पौडेलले पक्राउ गरे ६ बर्ष अघिको हत्यारा
प्रकाशित मिति : २०७५, ७ चैत्र बिहीबार २२:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ निवासी २२ बर्षिय मुन्नु अन्सारीलाई अपहरण गरी हत्यामा संलग्न बाँके, जानकी गाउँपालिका वडा नम्बर ३ ईन्द्रपुरका ५० बर्षिय ‘मुल्ला’ भन्ने निजामुद्धिन साईलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत जमुनाहा नाकाबाट प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार पत्रकार सम्मेलन गरेर उनलाई सार्बजनिक गरेेेेको छ।
Advertisement
जिप्रका बाँकेका अनुसार २०६९ असार २६ गते मुन्नुलाई निजामुद्धिन सहितको समुहले अपहरण गरेर भारतमा पुर्याई बन्धक बनाएर परिवारबाट ९ लाख फिरौती रकम असुलेको थियो । रकम असुली पश्चात सकुशल छाड्ने बताएपनि मुन्नुलाई हत्या गरेको थियो। अपहरण तथा शरिर बन्दक मुद्दामा प्रतिवादी निजामुद्धिन विरुद्ध बाँके जिल्ला अदालतले दोषी ठहर गरी २०७२ माघ २ गते ९ वर्ष कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो । उक्त घटनामा संलग्न मध्ये ईन्द्रपुरकै रंगौ भन्ने रिजवान साई यसअघि नै पक्राउ परी हाल कारागार शाखा नेपालगन्जमा छन् । यस्तै घटनामा संलग्न कम्दी निवासी २८ बर्षिय बकरिदी शेख, सोही ठाउँका २२ बर्षिय झल्लु धोबी, भारत बहराईच मिहीपुर्वा थाना मोतिपुर बस्ने ३० बर्षिय ईरसाद खान, सोही ठाउँका ३८ बर्षिय मोईन कुरेसी र ३८ बर्षकै सिराजुल रहमान अन्सारी फरार रहेका छन् ।
उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ईन्द्रपुर निवासी सुष्मा बर्मा साधारण तारेकमा र भवानियापुर ८ बस्ने प्रमोद गिरी भने अदालतको पुनरावेदनबाट छुटिसकेका छन् । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले अपराध गरी जति वर्ष लुकेर बसेपनि कानुनले कसैलाई पनि नछाड्ने बताए । उनले भने, ‘अपराध गरेको ब्यक्ति जति दिनसम्म लुकेर बसेपनि एक दिन अवश्य पनि कानुनी कट्घरामा उभिन्छन् ।’