डुडुवाको बेतहनीमा किटनाशकयुक्त झुल वितरण
प्रकाशित मिति : २०७५, ९ चैत्र शनिबार १९:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा(बाँके )।बाँकेको डुडुवा गाउँपालिका वार्ड नंं–२ का स्थानीयलाई किटनाशकयुक्त झुल वितरण गरिएको छ । वडा नंं.–२ बेतहनी अन्र्तगतका विभिन्न गाउँका गरि करिब ६ हजार १० जना परिवारलाई झुल वितरण गरिएको हो । बेतहनी स्वास्थ्य चौकीमा आज आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीयलाई झुल प्रदान गरि डुडुवा क्षेत्रका नागरिकको स्वास्थ्य स्वस्थ रहनु पर्ने कुरा बताउनुभयो ।
Advertisement
उहाँले यो क्षेत्र औलोको उच्च जोखिम भएकाले यो झुलले रोग लाग्नबाट बचाउनमा सहयोग पुरयाउने भन्दै गाउँपालिकाले समेत स्वास्थ्य सेवा अभियान संचालन गरिरहेको बताउनुभयो । नेपाल सरकार, सेभ द चिल्ड्रेन र लाइफलाईन नेपालको सयुक्त सहयोगमा २ नं. वडा कार्यालयको संयोजनमा उक्त झुल वितरण गरिएको वडाध्यक्ष गजेन्द्र कैराँतीले बताउनुभयो । वितरण कार्यक्रममा वडाध्यक्ष गजेन्द्र कैराँती, कार्यपालिका सदस्य लिलावती यादव, वडासदस्य रेखादेवी खटिक लगायतको उपस्थिती रहेको थियो ।
बाँके जिल्लाको डुडुवा ३ र बैजनाथ गाउँपालिकाको वार्ड नं. १, २ र ३ औलोको उच्च जोखिममा रहेकाले सो बाट बच्नका लागि किटनाशकयुक्त झुल वितरण गरिएको लाइफ लाईनका फिल्ड अफिसर रवि पाठकले बताउनुभयो । ५ वर्षभन्दा माथीको उमेरका दुई जना बराबर एक वटाका दरले झुल वितरण गरिएको छ ।