आफूलाई नेतृत्वमा पुग्नका लागि सघाउन महामन्त्री डा.कोइरालाको आग्रह "बोलीमा नभई व्यवहारमा कांग्रसलाई एक ढिक्का बनाउनतर्फ लागौं:केन्द्रिय सदस्य गिरी "
"बोलीमा नभई व्यवहारमा कांग्रसलाई एक ढिक्का बनाउनतर्फ लागौं:केन्द्रिय सदस्य गिरी "
प्रकाशित मिति : २०७५, ११ चैत्र सोमबार १८:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आपसी एकता नहुँदासम्म पार्टी सुदृढ नहुने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले आपसी तिक्तता र बैरभाव अन्त्य भएर पार्टी एक ढिक्का नभए अस्तित्व नै संकटमा पर्ने भन्दै सबै मिलेर एकताबद्ध हुन जरुरी रहेको आवश्यकता औंल्याउनुभयो । आफू पार्टीको नेतृत्व गर्न तयार रहेको भन्दै उहाँले आफूलाई सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो । ‘तपाईंहरु आगामी महाधिबेशनमा मलाई सहयोग गर्नुस्, म सधैं तपाईंहरुलाई साथ दिनेछौं, तपाईंहरुकै साथमा हुनेछु,’ उहाँले भन्नुभयो ।
Advertisement
सरकार अधिनायकबादतर्फ उन्मुख भएको बताउँदै महामन्त्री डा.कोइरालाले मुलुकमा खतराको घण्टी बजिरहेको टिप्पणी गर्नुभयो । सेना, न्यायपालिकामा समेत सरकारले हस्तक्षेप गरिरहेको भन्दै उहाँले त्यसको प्रतिकार गर्न कांग्रेस एक हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री दिपक गिरीले शिर्ष नेताहरुले एक आपसमा माला लगाउँदै पार्टीलाई एक भएर अगाडि लैजाने कुरा गरिरहे पनि व्यवहारमा एकता नदेखिएको भन्दै मिलेर पार्टीलाई सशक्त बनाउन आग्रह गर्नुभयो । अहिलेको आवश्यकता हृदयगत एकता भएको गिरीले बताउनुभयो । अर्का केन्द्रिय सदस्य किशोरसिंह राठोरले सरकार दिनप्रतिदिन अलोकप्रिय बनिरहेको टिप्पणी गर्नुभयो । पार्टीलाई क्रियाशील र गतिशील बनाउनुको विकल्प नभएको राठोरको भनाई छ ।
त्यसैगरी केन्द्रिय सदस्य बद्रि पाण्डेले सरकारले काम गर्ने ढंग नपुर्याइरहेको भन्दै अहिलेको संविधानलाई सरकारले बाँदरको हातमा नरिवल जस्तो बनाइरहेको आरोप लगाउनुभयो । सरकार चलाइरहेका दलहरुको एकता र गठबन्धन सिद्धान्त तथा विचारका आधारमा नभई स्वार्थका आधारमा भएको टिप्पणी पाण्डेले गर्नुभयो। उहाँले सरकार गलत दिशामा गइरहेको भन्दै त्यसलाई रोक्न मजबुत कांग्रस जरुरी रहेको औंल्याउनुभयो ।
केन्द्रिय सदस्य कल्याण गुरुङ्गले लोकतन्त्रका मूल्य मान्यतामा कांग्रेसले कुनै सम्झौता हुन नदिने बताउनुभयो । सेनालाई प्रधानमन्त्री मातहत ल्याउन खोज्नु दुर्भाग्य भएको भन्दै उहाँले त्यो कुनै हालतमा पनि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बर्दिया जिल्ला सभापति एवम् सांसद् सञ्जय गौतम, कांग्रस बाँकेकी सभापति किरण कोइराला, उप सभापति सुनिल नरसिंह राणा, सचिवद्वय तप्त पाडेल र कपिल शर्मा, सहसचिव रामकुमार राँढ लगायतले बोल्नुभएको थियो । महामन्त्री कोइरालाले आजै पार्टी कार्यालयको थपिएको दोस्रो तलाको पनि उद्घाटन गर्नुभयो ।