आठौँ राष्ट्रिय खेलकुदका लागि भिआइपी प्याराफिट जडान काम शुरु
प्रकाशित मिति : २०७५, १२ चैत्र मंगलवार १६:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि लागि भिआइपी प्यारापिट जडानको काम आजबाट सुरु गरिएको छ । सोमबार साँझ नेपालगन्ज रङ्गशालामा आइपुगेको भिआइपी प्यारापिट जडान दस दिनमा गर्ने गरी काम भइरहेको छ ।
चाइनाबाट सिंगापुर, मलेसिया, भारत हुँदै नेपालगञ्ज रंगशाला आइपुगेको भिआइपि प्यारापिट जडानको काम चाइनिज इन्जिनियरले गरिरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिएका छन् । डिजाइन अनुसार, चाइनिज इन्जिनियरले भिआइपी प्यारापिट जडानको काम गरिरहेको बताउँदै उनले छिटो काम सक्न गरि रातदिन काम गर्ने बताए ।
रंगशालामै खटिएका सदस्य सचिव विष्टले भिआइपी प्यारापिट निर्माणमा चाहिने आवश्यक जनशक्ति र सामग्री इन्जिनियरलाई उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिएका छन् । ‘इन्जिनियरलाई जे–जे चाहिन्छ उक्त सामान तत्काल उपलब्ध गराउनुस,’ उनले भने ।
Advertisement
केही दिन रुपइडिहा भन्सारमा रोकिएको भिआइपी प्यारापिटको सामान लिएर आएका आधा दर्जन गाडी सोमवार राती नेपालगन्ज रंगशाला प्रवेश गरेका थिए ।
आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन हुने नेपालगञ्ज रंगशालामा भिआइपी प्यारापिट निर्माण ढिलाईले आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोक्न ढिलाई भएको हो। दुई वर्षमै राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सदस्य सचिव विष्ट सँगै प्रदेश नं ५ का खेलप्रेमीहरु चैत्र महिनामै आठौँको उद्घाटन गर्ने तयारीमा छन् ।