नेपालगन्जमा भित्रीयो ड्याट्सनको नयाँ गो कार
प्रकाशित मिति : २०७५, १३ चैत्र बुधबार १६:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । गो सेगमेन्टमा हालसालै बजारमा आएको ड्याट्सनको नयाँ गो कार बिक्री नेपालगन्जमा पनि सुरु भएको छ । नयाँ ड्याट्सन गो का ३ मोडल बजारमा उपलब्ध छ । ड्याटसन गाडीको यहाँको आधिकारिक बिक्रेता देव मंगल ईन्जिनियरिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक विवेक श्रेष्ठले बुधबारदेखि नेपालगन्जमा नयाँ गो कारको बिक्री तथा प्रबद्र्धन कार्य सुरु भएको जानकारी दिए ।
ड्याट्सनले यसअघि पनि गो कार बजारमा ल्याएको थियो । यस अघिको गो कारको सफलतापछि ड्याट्सनले थप सुविधायुक्त परिवर्तित स्वरुपमा नयाँ गो कार लन्च गरेको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, ‘ड्याट्सनको यसअघिको गो कारले पनि बजारमा राम्रो प्रभाव जमाएको थियो ।
Advertisement
अहिले फेरि परिमार्जनसहित थप सेवा–सुविधा र प्रविधियुक्त नयाँ गो लन्च भएको छ । हामीलाई विश्वास छ कि गाडीका सौखिनहरुलाई यसले पक्कै पनि लोभ्याउने छ ।’ गो ए (ओ), गो (टी) र गो टि (ओ) नयाँ गो कारका मोडल हुन् । यी मोडलहरुको बिक्री मूल्य क्रमशः २४.९९ लाख, २५.९९ लाख र २६.९९ लाख रुपैयाँ रहेको छ । देव मंगलमका प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार नयाँ कारमा पुरानोभन्दा धेरै विशेषताहरु छन् । नयाँ प्रविधिका लागि जापानिज प्रविधियुक्त इन्जिन, इन्धनमा किफायती, आरामदायी ठूला सीट यसका केही विशेषता हुन् । सुरक्षाका दृष्टिले पनि नयाँ गो उत्कृष्ट रहेको उनको दाबी छ । नयाँ ड्याट्सन गोमा २८ विभिन्न विशेषता तथा १००ं अपडेटहरु विद्यमान रहेको पनि श्रेष्ठले बताए ।
एन्ड्रोइड अटो प्ले र एप्पलकार प्लेको साथमा ७ इन्चको टच अडियो, १४ इन्चको डएमण्ड–कट अल्लोइ ह्वील, डुअल एयर ब्याग, पार्किङ सेन्सर, १८० एमएमको ग्राउण्ड क्लियरेन्स, २६५ लि. लगेज स्पेस, ४ दशमलब ६ एम टर्निङ रेडियस रहेको नयाँ गो कारको माइलेज एक लिटर पेट्रोल बराबर २० किलोमिटर रहेको कम्पनीको दाबी छ । आधिकारिक बिक्रेता देव मंगल इन्जिनियरिङका प्रबन्ध निर्देशक श्रेष्ठले गाडी खरिद गर्न इच्छुकहरुका लागि टेस्ट ड्राईभको पनि व्यवस्था मिलाईएको बताए।