बाँके र बर्दिया लगायत १२ जिल्लाका एक दर्जन युवाहरू दुवईमा अलपत्र
प्रकाशित मिति : २०७५, १६ चैत्र शनिबार १९:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।स्वदेशमा काम नपाएको भन्दै वैदेशीक रोजगारीको शिलशिलामा दुवही गएका एकदर्जन युवा अलपत्र परेका छन । अग्रिम ओभरसीज प्रालि बसुन्धरा काठमाण्डौ मार्फत केही समय अघि दुबही गएका नेपालगन्ज २२ फुल्ट्रेक्राका चन्द्रप्रकास रोक्का, बर्दिया भुरिगाउँका देबराज घर्तिमगर, भरतपुर चितवनका लुकमान थापा, उदयपुरका राजेन्द्र मगर, हरीवन नपा ५, सर्लाहीका मिलन लामा लगायत विभिन्न जिल्लाका १२ युवाहरु ठगीमा परेका हुन ।उनीहरुलाई अग्रिम ओभरसीजका कर्मचारी सुधिरकुमार अर्यालले दुवईमा खाना बस्न सुविधा सहित मासीक २२ सय देखि २५ सय दिराम सम्म दिनेगरी २ लाख १५ हजार रुपैया लिएर पठाएका थिए। तर त्यहाँ पुगीसकेपछि आफुहरुलाई १ हजार दिराममा काम गर्नुपर्छ भन्दै अमानविय व्यवहार गरेर एउटै कोठामा १२ जनालाई बसाएर विचल्लीमा पारेको पीडितहरुले बताएका छन ।
Advertisement
म्यानपावर कम्पनीले उनीहरुलाई वर्किग भिसामा लग्नुपर्नेमा दुवईको प्रकृया अनुसार राम्रो तलब पाईने भन्दै झुक्याएर भिजिट भिसामा दुवईमा लगेको थियो । नेपाल सरकारको नियम अनुसार भिजिट भिसामा गएकाले ५ सय देखि १ हजार डलर सम्म बोकेर जानुपर्ने भएका कारण कम्पनीले आफै सवैलाई सो रकम व्यवस्था गरेको उनीहरुले बताएका छन । दुवईस्थित एअरपोर्टमा पुगे लगत्तै रंजीत यादव भन्ने व्यक्तिले लिएर गएको र त्यहाँ पुग्ने वित्तिकै सो रकम फिर्ता लिनुका साथै आफुहरुले बोकेको अरु पैसा समेत खोसेर लगेको गुनासो गरेका छन ।
भिजिट भिसामा यहाँवाट लग्दा होटल बुक गरेको प्रमाण देखाएपनी अध्यागमन विभागको समलेमतोमा त्यहाँ लगीसकेपछि एउटा घरको कोठामा पशु समान व्यवहार गरेर १२ जनालाई राखेको बाँकेको नेपालगन्ज २२ फुल्ट्रेक्राका चन्द्रप्रकास रोक्काले बताए ।भारतवाट होटल म्यानेजमेन्टमा स्नातक गरेका रोक्कालाई वेटरमा कामगर्ने गरी त्यहाँ पठाएपनी सामान्य कामदारका रुपमा ज्यादै न्युन पारिश्रमिकमा कामगर्न लगाउनुका साथै खानसमेत नदिएर मानसीक यातना दिएर राखेकोले आफुहरुलाई उद्दार गर्न उनले फोन मार्फत आग्रह गरेका छन ।
उनीसंगै गएका भरतपुर चितवनका लुकमान थापाले यती तलबमै काम गर्ने भए गर नभए रुम छोडेर जाउ भनी निकै दबाब दिईरहेको बताए । ‘बाध्यताले काम गरौ भने यो पैसाले हामीलाई खानै पुग्दैन’ उनले भने ‘नगरौ भने हामीलाई विभिन्न धम्की दिएरह मानसीक तनाव दिईरहेका छन ।’
त्यहाँका एजेन्टले आफुहरुलाई निकै डर त्रासका साथै दवाव दिएपछि १२ जना मध्य ७ जनाले बाध्य भएर मासीक १ हजार दिराम पाउने गरी काम शुरु गरीसकेको उनको भनाई छ । उनीहरुसंगै गएका बर्दिया भुरिगाउँका देबराज घर्तिमगरलाई परिवारले आफ्नै खर्चमा फिर्ता झिकाउन थालेको परिवार स्रोतले जनाएको छ ।
अग्रिम ओभरसीजका प्रवन्ध निर्देशक जासीर यादवले कामको लागि विदेशमा गएका युवहरुलाई दुखः दिने कुनै पनी गलत नियत नभएको बताए । विदेशमा भन्ने वित्तिकै सवैकुरा नहुने बताउँदै उनीहरुलाई अफठ्यारो परेको गुनासो आएपछि ति युवाहरुलाई नेपाल फिर्ता झिकाउने तयारीमा आफुरहेको उनको भनाई छ । उनीहरु यहाँ आएपछि छलफल गरेर अव के गर्ने भन्ने निष्कर्षमा रहेको उनी बताउँछन ।पीडित युवाहरुले आफुहरु विदेश जाँदा म्यानपावरले लिएको रकम सहित सकुसल नेपाल फिर्ताको माग गरेका छन ।