जानकी गाउँपालिकाको सरकारी मोटरसाइकल प्लस टुु पढ्ने छात्रले पर्योग गर्दै
प्रकाशित मिति : २०७५, १७ चैत्र आईतवार १३:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
ज्ञानु सङ्गम खड्का/नेपालगन्ज ।बाँकेको जानकि गाउँपालिका वाड न-३ का वडाअध्यक्ष बिन्देश्वरी बर्माले प्रयोग गर्ने वडाको भे १ ब १०९४ नम्बर प्लेटको सरकारि मोटर साईकल दुरुपयोग भएको पाइएको छ।आफुले सरकारी प्रयोजनको लागि पर्योग गर्ने गाउँपालिकाको मोटर साईकल उनको छोराले बिद्यालय जानको लागि करिव ४/५ दिन अघि देखि प्रयोगमा ल्याईरहेको पाइएको छ।
Advertisement
नेपालगन्जको होलिल्याण्ड माविमा अध्ययन गर्दै आएका निजका छोराले आइतबार उक्त मोटर साईकल लिई बिद्यालया आएको बेला स्थानिय पत्रकारले फेला पारेका थिए।सोधपुछको क्रममा निजका छोराले भने “घरी बुवाले छोड्न आउनु भएको , घरी बिग्रेकोले बनाउन ल्याएको”भन्दै टार्न खोजेका थिए। पत्रकारले “मैले ४/५ दिन देखि हेरिरहेको छु” भन्दा अन्तिममा गल्ति भयो अब देखि प्रयोग गर्दिन भनेका थिए।
यसरी बारम्बार सरकारी गाडिको दुरुपयोग हुँदा पनि सम्बन्धित पक्ष मौन रहेको छ। सम्बन्धित पक्षले यस्ता क्रियाकलापमा बिशेष ध्यान दिन जरुरी छ।