देशभरकै मौसममा बदली, हावाहुरीको संभावना
प्रकाशित मिति : २०७५, २२ चैत्र शुक्रबार ०९:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाइल तस्वीर
नेपालगन्ज । देशभरीकाे मौसम विहानैदेखि बदली भएको छ। पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Advertisement
महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार यसकै प्रभावले आज र भाेलि देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ।
आइतबारदेखि भने मौसममा केहि सुधार हुने अनुमान छ। आज तराई र पश्चिमी पहाडका थोरै ठाउँमा हावाहुरीको संभावना रहेकाे पनि जनाइएकाे छ।
यस्तै आज देशका धेरै ठाउँमा मेघगजनसहित पानी पर्दा उच्च हिमाली र पहाडी भेगमा हिमपात पनि हुने संभावना पनि रहेको मौसमविद्ले अनुमान गरेका छन्।