मिशन आठौ: दाङको बेलझुण्डी रङ्गशाला निर्माणमा भ्याई नभ्याई
प्रकाशित मिति : २०७५, २३ चैत्र शनिबार ०८:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर ।दाङको बेलझुण्डीमा रङ्गशाला निर्माणमा भ्याइ नभ्याइ भएको छ। आठौ राष्ट्रिय खेलखुद प्रतियोगिता निजक आउँदै गर्दा निर्माणको काम युद्धस्तरमा भइरहेको छ। दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले चैत ३० गते भित्र रंगशाला तयार पारेर बुझाउने सहमति अनुरुप काम भइरहेको जानकारी दिए । तर यसअघि चैतको पहिलो हप्ता भित्रै निर्माण पुरा हुने बताइएको थियो । अझैं निर्माणको काम भने चलिरहेको हुँदा कामको निकै चटारो रहेको निर्माणको जिम्मा लिएको कम्पनीका एक इञ्जिनियरले बताए ।
Advertisement
बेलझुण्डी रंगशाला काठमान्डौंको दशरथ रङ्गशाला पछि सन्थेलेटिक ट्रयाक निर्माण भइरहेको मोफसलको पहिलो रङ्गशाला हो। तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा पर्ने रङ्गशालामा एथलेटिक ट्रयाक निर्माण गर्न चीनवाट प्राविधिक ल्याइएको छ । यसमा राष्ट्रिय प्रतियोगिता अन्तरगत एथलेटिक्स र महिला फूटवल प्रतियोगिता हुनेछन ।
त्यसैगरी तुलसीपुरमा कराँटे पनि प्रतियोगिता हुने भएको छ । राष्ट्रिय प्रतियोगिता अन्तरगत दाङका विभिन्न शहरमा गरि ८ वटा प्रतियोगिताहरु हुने भएका छन् । घोराहीमा टेबुलटेनिस, बास्केटबल, व्याटमेन्टन र लमहीस्थित क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । तुलसीपुर ६ गाइडहरमा निर्माणाधिन टेवुल टेनिसको कवर्डहल तयार भइनसकेको हुँदा टेबुल टेनिस प्रतियोगिता घोराहीमा सारिएको जानकारी दिइएको छ।
चैत २७ गतेदेखिनै टिम गेमहरु सुरु हुने छन् । दाङमा चैत २६ गतेदेखि नै सम्वन्धित खेलका खेलाडीहरु आउन हुँदा त्यही अनुरुप व्यवस्थापन गरिएको छ।
आठौ राष्ट्रिय प्रतियोगिता २०७५÷०७६ का लागि ७ प्रदेश बाट एक/एक टिम, तीन वटा विभागिय टिम र एउटा एनरारएनको टिम गरि कुल ११ वटा टिमका बीचमा उपाधिका लागि भिडन्त हुने भएको छ।
प्रदेश ५ का विभिन्न जिल्लाहरुमा ३५ वटा खेलकूद प्रतियोगिता हुने जानकारी दिइएको छ । अधिकाँस खेलहरु वैशाख ४ देखि ५ गतेदेखि तुलसीपुर,घोराही र लमहीमा सुरु हुने अध्यक्ष डाँगीले जानकारी दिए । बैशाख ५ गते नेपालगञ्जमा राष्ट्रपतिले प्रतियोगिताको उद्घाटन गर्ने कार्यतालिका तय भएको छ । प्रतियोगिताको बैशाख ११ गते समापन हुने जानकारी दिइएको छ ।