डुडुवा गाउँपालिकामा सम्बन्ध विच्छेदका मुद्दा बढी
प्रकाशित मिति : २०७५, २५ चैत्र सोमबार ११:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाको न्यायिक समितिमा निबेदन धेरै पर्दै गईरहेका छन् । गाउँपालिकामा रहेको न्यायिक समितिमा सम्बन्ध विच्छेदका घटना बढी दर्ता भएका छन् ।मधेसी मुस्लिम बाहुल्यता रहेको सो गाउँपालिकामा चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा सातवटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको न्यायिक समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष साहिदा बानोले बताउनु भयो।
Advertisement
उहाले ती मुद्दाका बारेमा सुरुमा सम्बन्धित पक्षलाई बोलाएर मेलमिलापको प्रयास गरिएको नमिलेपछि अदालत पठाउने गरेको बताउँनुभयो । यो आर्थिक वर्षमा दर्ता भएका सातवटा मुद्दामध्ये ६ वटा मुद्दा अदालतमा पठाइएको र एकवटा अझै मेलमिलापको क्रममा रहेको छ । अन्य ससाना विवाद पनि बढी आउने गरेका छन्।
गत वर्ष २८ वटा दर्ता भएको विवादमध्ये २५ वटा विवादलाई समाधान गरी फस्र्योट गरिएको छ । यो वर्षको आठ महिनामा १५ वटा विवाद दर्ता भएको समितिले जनाएको छ ।
घर परिवारमा सामान्य विवाद भएर रिस झोंकमा आएर समितिमा निवेदन दिने र पछि नआउने गरेको घटना बढी हुने गरेको संयोजक बानोले बताउनु भयो ।समितिमा घरायसी झगडा, श्रीमान् श्रीमतीको झगडा, सासुससुराको झगडा, खेतबारीको विवादजस्ता विवाद बढी आउने गरेका छन् ।
गाउँपालिकामा भवनको अभावमा इजलास कक्षको स्थापना गर्न नसकेको र हाललाई उपाध्यक्षको कोठालाई नै इजलासको रूपमा प्रयोग गर्ने गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।उहाले भवनको व्यवस्थापनको पहल भइरहेकाले हुनेबित्तिकै इजलास कक्षको स्थापना गर्ने बताउनु भयो।