आठौँ राष्ट्रिय प्रतियोगिता:हक्कीमा आर्मी र गण्डकी बराबर, प्रदेश दुईले तिनलाई हरायो
प्रकाशित मिति : २०७५, २७ चैत्र बुधबार १५:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबार विहान भएको पुरुष हक्कीमा नेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको उद्घाटन खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ।
आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । ‘आर्मीले गण्डकीलाई खेल अवधिभर दवावमा राखेपनि गोल गर्न सकेन,’ उनले भने ।
Advertisement
त्य्स्तै आजै विहान भएको पुरुष हक्की प्रतियोगिताको दोश्रो खेलमा प्रदेश नं ३ का विरुद्ध प्रदेश नं २ ले पाँच गोल गरेको छ। खेल अवधिभर प्रदेश नं ३ लाई दवावमा राखेको २ नं प्रदेशका खेलाडी मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे । खेलको ३८ औँ मिनेटमा २ नं प्रदेशका गोविन्द अधिकारीले दोस्रो गोल गरे । भने, खेलको ५२ औँ र ५४ औँ मिनेटमा २ नं। प्रदेशका क्याप्टेन हरविन्द्र सिंहले दुई गोल गरे । आक्रामक रुपमा मैदानमा उत्रिएको २ नं प्रदेशका खेलाडीले बललाई आफ्नो कोर्टतर्फ आउन दिएनन् । निरन्तर दवावमा राख्दै २ नं प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गरि आफ्नो टिमलाई अग्रता दिलाए । प्रतियोगितामा २ नं प्रदेशले ६ पेनाल्टी कर्नर पाउँदा ३ नं प्रदेशले एउटा मात्र पेनाल्टी कर्नर पाएको हक्की खेलका मुख्य प्रशिक्षक विजयन्त शर्माले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन प्रदेश नं ३ का खेलाडीले कुनै गोल गर्न नसकेपनि खेलाडीको प्रदर्शन एकदमै राम्रो भएको प्रशिक्षक आश्विनी अधिकारीले बताए । उनले २ नं प्रदेशका पूराना र अनुभवी खेलाडीसँग ३ नं प्रदेशका नयाँ खेलाडीले प्रतिष्पर्धा गर्नुनै सौभाग्य भएको बताए ।
उनले प्रतियोगितामा सहभागी सवै खेलाडी नयाँ भएको बताउँदै खेलाडीले सोँचेभन्दा राम्रो प्रदर्शन गरेको बताए । ‘खेलाडीको प्रदर्शन माथि खोट लगाउने ठाउँ छैन । नयाँ ठाउँ र पहिलो खेल भएकोले खेलाडी नर्भस भएको जस्तो लाग्यो । खेलाडीको प्रदर्शनबाट म एकदमै सन्तुष्ट छु,’ उनले भने ।
आज बेलुकी ५ र १ नं प्रदेश वीच खेल
पहिलो दिनको तेस्रो खेल विहीवार बेलुकी ४ बजेदेखि हुने भएको छ। तेस्रो खेल प्रदेश नं। ५ र प्रदेश नं। १ वीच हुने आयोजकले जनाएको छ । नेपालगन्जस्थित मंगलप्रसाद माविमा हुने खेल रामोञ्चक हुने मुख्य प्रशिक्षक पिन्टुले बताए ।
यसैवीच, २८ चैत विहीवार पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं। २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने शर्माले जानकारी दिए । उनले २९ चैतमा गण्डकी प्रदेश र २ नं। प्रदेश वीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ नं। प्रदेश वीच प्रतिष्पर्धा हुने छ । त्यसैगरि, तेस्रो खेल ५ नं। प्रदेश र कर्णाली प्रदेश वीच खेल हुने भएको छ ।
४ बैशाखसम्म संचालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश नं। ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश नं। १ र कर्णाली प्रदेश वीच दोस्रो र नेपाल आर्मी र प्रदेश नं। ३ वीच हुने भएको छ ।
त्यसैगरि, १ बैशाखमा पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिस वीच हुने छ । भने, दोस्रो खेल गण्डकी प्रदेश र ३ नं। प्रदेश वीच तथा तेस्रो खेल १ नं। प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने पनि शर्माले जानकारी दिए । २ बैशाखमा एउटा खेल मात्र हुने बताउँदै उनले उक्त दिन २ नं। प्रदेश र नेपाल पुलिस वीच हुने जानकारी दिए । ३ बैशाखदेखि सेमीफाइनलका खेल हुने भएको छ । भने ४ बैशाखमा फाइनल खेल हुने उनले बताए।