नेपालगन्जको एक प्लाईउड उधोगमा आगलागी हुँदा करोडौंको नोक्सानी
प्रकाशित मिति : २०७५, २९ चैत्र शुक्रबार १२:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाइल फोटो
नेपालगन्ज । नेपालगन्जको एक प्लाईउड उधोगमा आगलागी हुँदा करोडौंको नोक्सानी भएको छ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालय नजिकैको ओम प्लाईउड एण्ड फर्निचर उद्योगमा आज बिहान ४ बजेर ५० मिनेटमा आगलागी भएको । आगलागीमा परेर उद्योगका दुई मेसिनमा पुर्ण रुपमा क्षति पुगेको छ भने आवश्यक कच्चा पदार्थसमेत जलेर नष्ट भएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आगलागीको कारण करिव ५ देखि ६ करोड रुपैयाँ सम्म क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत सर्ट कारण आगलागी भएको प्रारम्भिक अनुसंन्धानले देखिएको छ। क्षतिको यकिन तथ्याङ्क प्राविधिकले अनुगमन गरेपछि मात्र भन्न सक्ने प्रहरीले जानकारी दिएको छ ।
आगो नियन्त्रणमा कार्यमा प्रहरी, सशस्त्र प्रहरी स्थानीय तथा नेपालगन्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकाबाट आएको दमकलले सहयोग गरि बिहान ६ बजेेेर १० मिनेटमा आगो नियन्त्रण भएको थियो ।