नेपालगन्जमा खाजा खान सरकारी गाडीको दुरुपयोग
प्रकाशित मिति : २०७५, २९ चैत्र शुक्रबार १५:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। खाजा खानका लागी यसरी हुन्छ सरकारी गाडीको दुरुपयोग । खाजा र नास्ता खानका लागि नै ३७ किलोमिटर दुरी पार गरेर गुलरियाबाट सरकारी गाडी प्रयोग गरि नेपालगन्जको विपी चोकमा आएका बर्दिया जिल्ला समन्वय समितिका जनप्रतिनिधी यसको पछिल्लो उदाहरण हुन् ।विहीबार साँझ खाजा खानका लागि जनप्रतिनिधीको नेतृत्वमा उक्त कार्यालयका लेखापाल, ईन्जिनियर र ओभरसियर सहितको टोली नेपालगन्जको विपी चोक स्थित गण्डकी खाजा घरमा पसेको थियो। बिहीबार बेलुका करिब ६ बजेतिर गण्डकी होटल अगाडी रोकिएको बा१ झ ७२४८ नम्बरको सरकारी नम्बर प्लेटबाट मानौ कुनै चलचित्र स्टाईलमा झरेका जनप्रतिनिधी र सरकारी कर्मचारीले करिब दुई घण्टा उक्त होटलमा बिताएका थिए ।
Advertisement
सरकारी आचार संहिता र मापदण्ड उल्लङ्घन गर्दै सरकारी पोशाकमै रहेका दुई जना कर्मचारी र जनप्रतिनिधी त्यती लामो दुरी पार गरेर खाजा खानकै लागि नेपालगन्ज आउनुले उनीहरुले राज्य कोषमा चरम दुरुपयोग गरिरहेको प्रष्ट हुन्छ । नेपालगन्ज उपमहानगरपालिका अगाडीको पार्किङ्ग स्थलमा सो गाडी पार्क गरि उनीहरु गण्डकी होटलमा पसेको खबर पाए लगत्तै सरकारी गाडीको दुरुपयोग भएको भन्दै ट्राफिक प्रहरीले उक्त गाडीका चालकसंग सोधपुछ गरेको थियो । यस क्रममा चालकले बैठकमा आएको भन्दै उक्त गाडी सो पार्किङ्ग स्थलबाट नेपालगन्ज उपमहानगरपालिका भित्र छिराएका थिए ।
जनप्रतिनिधी र सरकारी कर्मचारी खाजा खानकै लागि सरकारी गाडीको दुरुपयोग गरेको चर्चा चलेपछि गण्डकी होटल भित्र रमाईरहेका जनप्रतिनिधी र कर्मचारी झटपट उठेर त्यहाँबाट भागेका थिए । खाजानै खानका लागि ३७ किलोमिटर दुरी पार गरि नेपालगन्ज धाउने जनप्रतिनिधी र सरकारी कर्मचारीलाई गुलरियामा भएका थुप्रै खाजाघरले कुरीकुरी गरेको छ । गुलरिया त्यसै पनि सुविधा सम्पन्न ठाउँ हो । नेपालगन्जमा पाइने धेरै सुविधाहरु गुलरियामै पनि पाइन्छन् । शैक्षिक, साँस्कृतिक, पर्यटकीय हिसाबले मात्रै नभई होटल रेष्टुराँहरु पनि उल्लख्य मात्रामा गुलरियामा छन् ।
गुलरियामा रेष्टुरेण्टमा पाइने सेकुवा, भुटन, छोइला, मःम लगायतका धेरै परिकारहरु नेपालगन्जकै तुलनामा स्तरीय र स्वादिष्ट पाइन्छन् भने सँगै अल्कोहलजन्य पदार्थ नपाउने कुरै भएन । तर, उस्तै खाजा खानका लागि सरकारी कर्मचारीदेखि जनप्रतिनिधि नेपालगन्ज आउनैपर्छ भन्ने छैन ।
खाजा खानकै लागि बर्दियाबाट सरकारी गाडीको दुरूपयोग गर्दै नेपालगन्ज आउनुपर्ने कारण नै छैन । तर, बर्दियाका सरकारी निकायका गाडीको दुरुपयोग वर्षौंदेखि यसरी नै हुँदै आएको छ । अझ नीति बनाउने र त्यसलाई कार्यान्वयन गराउने भूमिकामा रहेका उपल्लो तहका कर्मचारीबाटै सरकारी गाडी चरम दुरूपयोग हुने गरेको छ ।
पहुँचवालाले अनावश्यकरुपमा यसरी गाडी प्रयोग गरेर राज्य कोषमा आर्थिक भार थोपारिरहेका छन् । प्रस्ट मापदण्ड नभएकाले गाडी सुविधाका लागि दबाब दिने, नमाने सम्बन्धित कर्मचारीलाई सरुवा गरिदिनेजस्ता गैरजिम्मेवार कार्यसमेत कतिपय पदाधिकारी र कर्मचारीबाट हुने गरेका छन् ।
सवारीसधानको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेवारे कुनै निकायले अनुगमन गरेको छैन । बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूङ्गवाङ्गले बिहीबार जिससका कुनैपनि व्यक्तिले प्रशासनबाट बाहिर जिल्ला जानका लागि गाडी प्रयोगको अनुमति नलिएको बताए । उनले यस विषयमा बुझने र यदि कर्मचारीले नै त्यस्तो गरेको भेटिए कारबाही गर्ने बताए ।सेतोखरीबाट।