राजश्व छल्दै मेघाश्री गुट्खा
प्रकाशित मिति : २०७५, २९ चैत्र शुक्रबार १५:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाइल फोटो
नेपालगन्ज । स्वास्थ्यका लागि हानिकारक मेघाश्री गुट्खा बजारमा अबैैैध बिक्रि वितरण भइरहेको छ।पश्चिम नेपालका बजार तथाग्रामीण बस्तीमा अवैद्य गुट्खाको कारोबार बढेको छ । जसमा मेघाश्री नाम गरेको गुट्खाले त राजश्व नै छली गरेर बिक्रि वितरण गर्दै आएको खुलेको छ । गुुट्खामध्येकै स्वास्थ्यका लागि सबैभन्दा हानिकारक मानिने मेघाश्रीले नेपालगन्ज र यस पश्चिका बजारमा राजश्व छलेर बिक्रि गरेको छ । सरकारले आर्थिक वर्ष २०७१÷७२ देखि लागू हुने गरी सुर्तीजन्य पदार्थमा कडाइ गरे पनि कार्यान्वयन पक्ष फितलो भएका कारण मेघाश्री गुट्खा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबार मौलाउँदै गएको छ । सुर्तीजन्य ऐन २०६८ ले सार्वजनिक स्थालमा चुरोट, बिँडी, गुट्खा र कंकड सेवनमा रोक लगाएको छ । तर, कानुनमा व्यवस्था भएअनुसारको काम गुट्खा उत्पादकले पालना गरेको देखिँदैन ।
पछिल्लो समय कैलालीबाट उत्पादन हुँदै आएको मेघाश्री र सुपर पावर भन्ने सुर्ती उद्योगले सरकारको कानुनी व्यवस्थाको खिल्ली उडाउँदै पश्चिम नेपालका बजार तथा गाउँमा कब्जा जमाएको छ ।
सरकारका सम्बन्धित निकायबाट समयमा बजार अनुगमन नहुँदा अहिले बजारमा राजश्व छलेर बिक्रि भइरहेको मेघाश्रीको खुलेयाम कारोबार भइरहेको छ । यसको पछिल्लो उदाहरणका रूपमा केही ददिन अघि राजस्व छली लैजाँदै गरेको १ सय ४० बोरा गुट्खा बरामद भएको थियो ।
कैलाली जिल्लास्थित श्रीदेउती गुट्खा इण्डष्ट्रिजबाट लक्ष्मी टेड्रिङ कोहलपुरमा उक्त गुट्खा पठाउन लागेको विल प्राप्त भएको कोहलपुर प्रहरीले बताएको छ । बरामद गरिएको मेघाश्रीको मुल्य अन्दाजी १२ लाख रहेको थियो । यसबाट पनि मेघा।ीले अवैद्य रूपमा सरकारलाई राजश्व छलेर कारोबार अघि बढाएको स्पष्ट भएको छ ।
सहर तथा गाउँका चिया पसल, किराना पसल र होटलहरुमा समेत त्यस्ता खैनी तथा गुट्खाहरु बिक्रीवितरणको लागि राखेको भेटिन्छ। माग बढेसँगै अवैधरुपमा विना स्टिकर उत्पादन भएका गुट्खा जहीँतहीँ भेटिन थालेका छन । उक्त गुट्खा अहिले खुल्लमखुल्ला बिक्रीवितरण भइरहँदा समेत सरकारी निकाय मौन छ ।
एकदमै हानिकारक मानिएको उक्त मेघाश्रीका बारे बुझन खोज्दा श्रीदेउती गुट्खा इण्डष्ट्रिजका कुनैपनि प्रतिनिधीसँग सम्पर्क हुन सकेन् ।
Advertisement
(मेघाश्री गुट्खा- स्वास्थ्यका लागि हानिकारक छ।)